काठमाडौं । अमेरिकामा अब तेस्रो लिङ्गी शब्द आधिकारिक रुपमै हटाइने भएको छ ।
नेपाली समयअनुसार सोमबार राथि ४७औँ राष्ट्रपतिको शपथ दिँदै डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
ट्रम्पले आफ्नो भाषणमा आफ्नो सरकारले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जात र लिङ्ग समावेश गर्ने वर्तमान नीतिलाई अन्त्य गर्ने बताएका छन् ।
सो अवसरमा उनले अमेरिकी सरकारको आधिकारिक नीति पुरुष र महिला दुई लिङ्ग मात्र हुने घोषणा गरे ।
‘अब अमेरिकामा महिला र पुरुष मात्र हुनेछन्,’ उनले भने ।




