विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ढुङ्गाना अहिले नेपाली तथा भारतीय परिकारलाई अमेरिकी बजारमा लोकप्रिय बनाउने अभियानमा जुटेका छन् ।

फोर्ट वर्थ म्यागजिनले हालै प्रकाशित गरेको “रुटेड इन हिट” शीर्षकको विशेष फिचरमा ढुङ्गानालाई “फोर्ट वर्थको उत्कृष्ट भारतीय र नेपाली खाना” को नेतृत्वकर्ता भनेर चित्रण गरेको छ । टेक्सासको नर्थ फोर्ट वर्थमा रहेको ईस्पाइस एण्ड स्लाईस नामक रेस्टुरेन्टका कार्यकारी शेफ रहेका उनले नेपाली मौलिक स्वादलाई आधुनिक प्रस्तुतीसँग जोडेर विदेशी ग्राहकलाई आकर्षित गरिरहेका छन् ।

नेपालको पूर्वी क्षेत्र झापा जिल्लाका मूल निवासी निश्चल ढुङ्गाना सानैदेखि नेपाली परिकार, गाउँघरको स्वाद र सडक खानाप्रति आकर्षित थिए । अमेरिकामा उच्च शिक्षा अध्ययनका क्रममा उनले पहिलोपटक रेस्टुरेन्ट उद्योगमा ‘डिशवाशर’को रूपमा काम सुरु गरेका थिए । त्यही अनुभवले उनलाई ग्राहकको स्वाद, खानाको गुणस्तर र रेस्टुरेन्ट संस्कृतिको गहिरो ज्ञान दियो । पछि उनले इन्जिनियरिङतर्फको बाटो छोडेर पाककला (कुलिनरी आर्ट)मा पूर्ण रूपमा समर्पित हुने निर्णय गरे ।

उनको नेतृत्वमा रहेको ईस्पाइस एण्ड स्लाईस केवल एउटा रेस्टुरेन्ट मात्र होइन, दक्षिण एशियाली समुदायको सांस्कृतिक केन्द्रजस्तै बनेको छ । यहाँ नेपाली मःम, चटपटे, लाफिङ, सेकुवा, मटन तास, सुकुटी जस्ता परिकारसँगै भारतीय बटर चिकेन, टिक्का मसला र बिरयानी समेत लोकप्रिय छन् । रेस्टुरेन्टको विशेषता भनेको ‘लाइभ किचन’ अवधारणा हो, जहाँ ग्राहकले आफ्नै अगाडि खाना तयार भइरहेको प्रत्यक्ष देख्न सक्छन् ।

ढुङ्गाना मसला र स्वादको सन्तुलनमा विशेष ध्यान दिन्छन् । उनका अनुसार खाना केवल पेट भर्ने माध्यम नभई संस्कृति, भावना र स्मृतिसँग जोडिएको कला हो । त्यसैले उनले प्रत्येक परिकारमा नेपालीपनको आत्मा मिसाउने प्रयास गर्छन् । ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने उनको शैलीले पनि उनलाई लोकप्रिय बनाएको छ ।

अमेरिकामा नेपाली खानाको पहुँच अझै सीमित रहेको अवस्थामा निश्चल ढुङ्गानाले नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण भूमिका खेलिरहेका छन् । नेपाली युवाका लागि उनी परिश्रम, संघर्ष र प्रतिभाबाट विश्व बजारमा सफलता हासिल गर्न सकिने प्रेरणादायी उदाहरण बनेका छन् । आज टेक्सासमा नेपाली स्वादको चर्चा हुँदा निश्चल ढुङ्गानाको नाम अग्रपंक्तिमा उच्चारण हुन थालेको छ ।

 

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट