विवादै विवादको बीचमा महासंघको विशेष महाधिवेशन सम्पन्न,चिमोरिया अध्यक्ष चयन,गहतराजले छोडेनन् अझै भ्रमको खेती गर्न, महासंघ आधिकारिकताको प्रमाण चिमोरियासंग

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्षमा उद्धब प्रसाद चिमोरिया सर्वसम्मतिले चयन भएका छन् । पुस २३ गते सम्पन्न विशेष महाधिवेशनले चिमोरियको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो, बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी महासंघले जानकारी गराएको छ ।

नवनिर्वाचित अध्यक्ष चिमोरियाले पत्रकार सम्मेलनमा बोल्दै लामो समयदेखिको साङ्गठनीक निष्कृयतालाई महाधिवेशनले अन्त्य गरेको जनकारी दिए । चिमोरियाले तत्कालिन अध्यक्ष सिवी गहतराज कानुनी हिसाबले अयोग्य भएपछि विशेष महाधिवेशन गर्नु परेको बताउँदै भने,“गहतराज जीलाई सम्मनित काठमाडौं जिल्ला अदालतले लिखत किर्ते कशुरमा एक वर्ष कैद फैसला सुनाएपछि नयाँ कमिटी चयन गर्नु पर्ने बाध्यता भयो ।”

संगठन लामो समयदेखि अनिर्णयको बन्दी बन्दा देशभरी ख्रीष्टियन समुदायमाथिको ज्यादती बढेको बताउँदै भने,“हाम्रो निष्किृयताको कारण समुदयामाथि अन्याय गर्नेहरुलाई राज्य पक्षबाटै संरक्षण हुँदा पनि केही गर्न सकिएको थिएन, तर अब हामी निर्वाद त्यसको कडारुपले प्रतिवाद गर्नेछौं ।”

पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमुख विष्णु परियारले मंगलबार सम्पन्न विशेष महाधिवेशन तथा साधारण सभाको विषयमा जानकारी दिएका थिए । उनका अनुसार नवनिर्वाचित केन्द्रीय कार्य समिति चयनका लागि अधिवक्ता बद्रिबहादुर दुलालले निर्वाचन मण्डलको संयोजन गरेको थिए भने अध्यक्ष मण्डलको संयोजक पास्टर कृष्ण के.सी.रहेका थिए ।

निर्वाचन समिति र अध्यक्ष मण्डको तर्फबाट पेश गरिएको नवनिर्वाचित कार्यसमिति महाधिवेशनबाट सर्वसम्मतले पारित गरिएको थियो ।

महासंघकाे सम्पुर्ण आधिकारिक प्रमाणहरु सहित भर्खरै उद्धब चिमाेरियाकाे नेतृत्वमा चयन भएकाे कमिटि सँग संस्थाकाे सम्पुर्ण आधिकारिक प्रमाण पत्र रहेकाे बुझिन्छ । उता सिबि गहतराज भने, राज्यकाे कानुन बिपरित काम गरेबापत दण्डित अवस्थामा पनि आफुले आफैलाई अध्यक्ष बनाएर गलत,भ्रामक र उक्त भ्रमको पछि नलाग्न आग्रह गर्दै प्रेस बिज्ञाप्ति गरिरहेका छन्।

 

  • Related Posts

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    झापा, अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा शैक्षिक सहयोगसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी,…

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्