देउसी भैलो खेलेर १० लाख २४ हजार ८ सय ६५ रुपैयाँको पाईप खरिद

अजेन्द्र वाईबा तामाङ
मंसिर ८, पाँचथर
फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा बजेट रित्तिएपछि दुईवटा महिना अघि अबिरल वर्षा ले अवरुद्ध पारिएको पाईपलाईन निर्माण गर्न फिदिम खानेपानीले देउसि खेलेको थियो ।

फिदिम खानेपानीकाे आप्तेवा खाेला देखि आउने मुहान असाेज ८ गतेदेखि १२ गतेसम्म आएको अबिरल वर्षाको कारण आएको बाढी-पहिराेले विभिन्न ८ ठाँउमा पाइपलाईन बगाएपछी साे पाईप खरिद गर्नका लागि फिदिम खानेपानी द्वारा देउसिकाे आयोजना गरिएको थियोे । उठेको जम्मा ११ लाख ६२ हजार रकम उठाएकाेमा खर्च कटाएर १० लाख २४ हजार ८ सय ६५ रुपैयाँ गाेलावल इन्पेक्स धरानमा पाईप खरिद गरी आज १६० एम एम पिएन १६ केजि प्रेसर भएको ४ सय ७४ मिटर एच डि पि पाईप आज झरेको फिदिम खानेपानीको अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।

बजेट अभाव भएपछी हाल फिदिम बजार तथा आसपासका उपभोक्ताहरुले ठुलो सास्ती खेप्नु परिरहेको छ । जसमध्ये फिदिम नगरपालिका वडा नम्बर १,२ र ४ का २ हजार ९ सय ९५ घर धुरिलाई अहिले विभिन्न ९ ठाँउका खाेला खाेल्सिबाट ल्याएर बैकल्पिक रूपमा पानी खुवाईरहिएको छ। तर बैकल्पिक पानी ल्याइएता पनि अहिले खाेला खाेल्सि सुक्न थालेकोले थप समस्या हुने भएको छ।

फिदिम खानेपानी अहिले संचालनमा रहेको ४ लाख ५० हजार लिटर क्षमताको मात्रै रिजर्भ ट्याङ्की रहेकोछ । यसलाई २४ लाख ५० हजार लिटर बनाउने लक्ष्य राखेर त्यही ट्यांकी भएको स्थानको जग्गा खरिदको लागि बैना समेत गरिएको र माथिल्लो गाउँलाई सफा पानी बितरण गर्नका लागि माथिल्लो गाउँमा फिल्टरिङ टंकी समेत बनाई सकेको अध्यक्ष गुरुङले बताए ।

३० लाख रुपैयामा १२ आना जग्गा किन्ने निर्णय भएको र सोहि बमोजिम १५ लाख रुपैयाँ दिईसकेको साथै बाकी १५ लाख दुई बर्ष भित्र दिने सहमतिमा साे प्रकृया अगाडी बढाइएको खानेपानी उपभोक्ता समितिका सह-सचिव डने शेर्पाले जानकारी दिए ।

गएको तिहारमा फिदिम खानेपानी उपभोक्ता समितिले मुहान तथा जग्गा किन्ने भन्दै देउसी भैलो कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

उक्त देउसी भैलोबाट उठेको ८ लाख १९ हजार रकम मध्येबाट यो भन्दा अगाडी आप्तेवा मुहान क्षेत्रमा १२ आना जग्गा खरिद गरिसकिएको सह-सचिव शेर्पाले जानकारी दिए। देउसीबाट बचेको रकमलाई माथिल्लो गाउँमा किनिएको जग्गामा निर्माणको लागि लगानी गर्ने निर्णय भएको सनेत पनि शेर्पाले बताएका छन् ।

२०७९ सालको वैसाख १६ गते भएको अधिवेसनबाट निर्वाचित आफ्नो कार्यसमितिले ७ वटा नयाँ मुहान थप गरिसकेको, २४ घण्टा नै पानी वितरणको लागि परिक्षणको कार्य भईरहेको बेला अहिले समस्यामा परेको छ। १७ बर्ष पछी नयाँ कार्य समिति प्रकाश गुरुङको टिम आएपछी पानीको न्यूनतम महशुलमा बजार क्षेत्रमा ४५ रुपैया र गाउँ क्षेत्रमा ६५ रुपैया घटाएको साथै खानेपानी उपभोक्ता समितिको नाममा रहेको ऋण २० लाख समेत घटाउदै लगेको अध्यक्ष गुरुङले बताए ।

फिदिम खानेपानीले नगर भित्रकाे ३ वटा वडामा वितरित पानी २ हजार ९ सय ९५ घरधुरीले उपभोग गर्दै आइरहेका छन्

  • Related Posts

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    झापा, अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा शैक्षिक सहयोगसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी,…

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्