बाढीपीडितलाई जनसेवा समाज र रणेश्वर गणको पहलमा नयाँ घर”

अजेन्द्र वाईबा तामाङ

मंसिर ३ सोमबार, पाँचथर

पाँचथरको फिदिम नगरपालिका-११, सेजेपाका प्रेम प्रसाद श्रेष्ठलाई नयाँ घर प्रदान गरिएको छ। गत असोज १२ गते आएको अबिरल वर्षासँगै फेमे खोलामा आएको बाढीले उनको पुरानो घर बगाएको थियो। घर बनाउन नसकेको कारण उनी घरबिहिन भएको थिए। एक महिना बितिसक्दा पनि आर्थिक अवस्था कमजोर भएकाले नयाँ घर बनाउन सकिरहेका थिएनन्।

यसको समाधानको लागि जनसेवा समाज पाँचथरको समन्वयमा राणेश्वर गण फिदिम-२ का सेनाका जवानहरूले घर निर्माणको काम गरेको हो। श्रेष्ठको आर्थिक अवस्था कमजोर र अपांगता भएकाले उनी बाढीबाट प्रभावित भएपछि घरविहीन बस्दै आएका थिए।

यस घर निर्माणमा विभिन्न व्यक्तिहरू र संस्थाहरूले सहयोग गरे। फिदिम नगरपालिका-२ का समाजसेवी शंकर थापाले रु १० हजार, फिदिम नगरपालिका-१ का व्यवसायी गजेन्द्र थापाले रु ६ हजार, झर्ना पेट्रोल पम्प संचालक राजकुमार जोशीले रु १० हजार, फिदिम नगरपालिका-११ का आशिस आङ्बोले रु १५ हजार र जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले रु ५,५०० सहयोग गरेका थिए। यसरी जम्मा रु ४६,५०० को सहयोगबाट घर निर्माण गरिएको जानकारी जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले दिएका छन्।

घर हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि राणेश्वर गण फिदिम-२ का प्रमुख सेनानी निराज प्रताप राणा थिए। विशेष अतिथिहरूमा फिदिम नगरपालिका-११ का वडा अध्यक्ष राजेन्द्र कुमार थापा, जनसेवा समाजका उपाध्यक्ष चन्द्व बहादुर जबेगु, समाजसेवी आशिस आङ्बो, सामुदायिक बन उपभोक्ता समिति पाँचथरका अध्यक्ष राजेन्द्र काफ्ले र स्थानीय व्यक्तिहरूको उपस्थितिमा घर निर्माण गरिएको हो।

जनसेवा समाज पाँचथरको समन्वयमा राणेश्वर गण फिदिम-२ का नेतृत्वमा रहेको सम्पूर्ण घर निर्माण टोलीले निर्माणमा महत्वपूर्ण भूमिका निभाएको थियो। यस कार्यक्रमले विपत्तिका समयमा प्रभावित परिवारलाई सहयोग पुर्याएको छ।

नयाँ घर पाएपछि श्रेष्ठले जनसेवा समाज, राणेश्वर गण फिदिम र सबै सहयोगीलाई धन्यवाद दिएका छन्, जसले उनको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ। घर हस्तान्तरण कार्यक्रमको सहजिकरण कमल बास्कोटाले गरेका थिए।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु