बाढीपीडितलाई जनसेवा समाज र रणेश्वर गणको पहलमा नयाँ घर”

अजेन्द्र वाईबा तामाङ

मंसिर ३ सोमबार, पाँचथर

पाँचथरको फिदिम नगरपालिका-११, सेजेपाका प्रेम प्रसाद श्रेष्ठलाई नयाँ घर प्रदान गरिएको छ। गत असोज १२ गते आएको अबिरल वर्षासँगै फेमे खोलामा आएको बाढीले उनको पुरानो घर बगाएको थियो। घर बनाउन नसकेको कारण उनी घरबिहिन भएको थिए। एक महिना बितिसक्दा पनि आर्थिक अवस्था कमजोर भएकाले नयाँ घर बनाउन सकिरहेका थिएनन्।

यसको समाधानको लागि जनसेवा समाज पाँचथरको समन्वयमा राणेश्वर गण फिदिम-२ का सेनाका जवानहरूले घर निर्माणको काम गरेको हो। श्रेष्ठको आर्थिक अवस्था कमजोर र अपांगता भएकाले उनी बाढीबाट प्रभावित भएपछि घरविहीन बस्दै आएका थिए।

यस घर निर्माणमा विभिन्न व्यक्तिहरू र संस्थाहरूले सहयोग गरे। फिदिम नगरपालिका-२ का समाजसेवी शंकर थापाले रु १० हजार, फिदिम नगरपालिका-१ का व्यवसायी गजेन्द्र थापाले रु ६ हजार, झर्ना पेट्रोल पम्प संचालक राजकुमार जोशीले रु १० हजार, फिदिम नगरपालिका-११ का आशिस आङ्बोले रु १५ हजार र जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले रु ५,५०० सहयोग गरेका थिए। यसरी जम्मा रु ४६,५०० को सहयोगबाट घर निर्माण गरिएको जानकारी जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले दिएका छन्।

घर हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि राणेश्वर गण फिदिम-२ का प्रमुख सेनानी निराज प्रताप राणा थिए। विशेष अतिथिहरूमा फिदिम नगरपालिका-११ का वडा अध्यक्ष राजेन्द्र कुमार थापा, जनसेवा समाजका उपाध्यक्ष चन्द्व बहादुर जबेगु, समाजसेवी आशिस आङ्बो, सामुदायिक बन उपभोक्ता समिति पाँचथरका अध्यक्ष राजेन्द्र काफ्ले र स्थानीय व्यक्तिहरूको उपस्थितिमा घर निर्माण गरिएको हो।

जनसेवा समाज पाँचथरको समन्वयमा राणेश्वर गण फिदिम-२ का नेतृत्वमा रहेको सम्पूर्ण घर निर्माण टोलीले निर्माणमा महत्वपूर्ण भूमिका निभाएको थियो। यस कार्यक्रमले विपत्तिका समयमा प्रभावित परिवारलाई सहयोग पुर्याएको छ।

नयाँ घर पाएपछि श्रेष्ठले जनसेवा समाज, राणेश्वर गण फिदिम र सबै सहयोगीलाई धन्यवाद दिएका छन्, जसले उनको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ। घर हस्तान्तरण कार्यक्रमको सहजिकरण कमल बास्कोटाले गरेका थिए।

  • Related Posts

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    ‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न…

    निशुल्क एक दिने शिविर संम्पन्न

    अजेन्द्र वाइबा तामाङ चैत २८ पाँचथर फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न