“पाँचथरमा श्रेया लावती स्मृति मिनी म्याराथन: ओसन र मिहा राई पहिलो”

अजेन्द्र वाईबा तामाङ,
पाँचथर, मंसिर १ – एथलेटिक्स संघ पाँचथरले फिदिम नगरपालिका-९, लुम्फाबुङमा आयोजित श्रेया लावती स्मृति मिनी म्याराथन – २०८१ मा पुरुष र महिला तर्फ उत्कृष्ट प्रदर्शन देखाउने खेलाडीहरूलाई सम्मानित गरेको छ।

प्रतियोगितामा पुरुषतर्फ ओसन राई (पाँचथर) र महिलातर्फ मिहा राई (भोजपुर) ले क्रमशः पहिलो स्थान प्राप्त गरे। ओसनले ८ किलोमिटरको दूरी ३१ मिनेटमा पार गर्दै पहिलो स्थान सुनिश्चित गरे भने मिहाले ५ किलोमिटरको दूरी २५ मिनेटमा पूरा गरेर महिलातर्फको पहिलो स्थान जितिन्।

प्रतियोगितामा नेपाल आर्मीका सञ्जय राई र ताप्लेजुङका सञ्जय लिम्बू पुरुष तर्फ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। पुरस्कारको रूपमा, पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त खेलाडीलाई क्रमशः १२, ९ र ४ हजार रुपैयाँ नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।

कार्यक्रमको आर्थिक विवरण अनुसार, मिनी म्याराथनबाट कुल १ लाख १४ हजार ८ सय रुपैयाँ संकलन भएको थियो, जसमा ७३ हजार ४ सय २५ रुपैया खर्च भएको र ४१ हजार ३ सय ७५ रुपैयाँ बचत भएको जानकारी आर्थिक संयोजक आयुष्मा लिङगाली मगर ले दिइन्।

श्रेया लावती स्मृति मिनी म्याराथन आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गर्न योजना गरिएको छ। कार्यक्रमको व्यवस्थापक हरी सुबेदी ले आगामी वर्षहरूमा वडा र स्थानीय सरकारको सहयोगको आवश्यकता रहेको बताए।

यस कार्यक्रमको आर्थिक सार्वजनिक सुनाई कार्यक्रममा लब्रेकुटि पर्यटन विकास अध्यक्ष धुर्ब तुम्बापाे र श्रेया लावतीका बुबा लालध्वज लावती पनि उपस्थित थिए।

सार्वजनिक जानकारीका लागि कार्यक्रमको सफलता र समृद्धि थप सुनिश्चित गर्दै, एथलेटिक्स संघ पाँचथरले आगामी वर्षका लागि पनि उत्सवमूलक प्रतिस्पर्धा आयोजना गर्ने योजना बनाएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट