आमूल परिवर्तन नागरिक पार्टीको धरान उपमहानगर समिति गठन

आमूल परिवर्तन नागरिक पार्टीको धरान उपमहानगर समिति गठन कार्यक्रम सम्पन्न भएकाे छ । साे पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे उक्त कार्यक्रमबाट छत्रबहादुर विश्वकर्माकाे अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेकाे छ ।

नवगठित समितिका पदाधिकारी तथा सदस्यहरु निम्नानुसार रहेका छन् :

अध्यक्षमा छत्रबहादुर विश्वकर्मा, उपाध्यक्ष द्वय सरिता मेयाङ्बाे, पदम बहादुर शंकर , सचिवमा हिरा बहादुर राई, सहसचिव शान्ति गजमेर,सदस्यहरुमा ईन्द्र सिलवाल, एनम विश्वकर्मा, बुद्धिमान वि.क.,कमला राई (आङ्देम्बे), पदम बहादुर वि.क., राेजिना श्रेष्ठ,बिनिता विश्वकर्मा,देवकुमार लामिछाने, रन्जिता श्रेष्ठ बराईली,तिर्थमाया रामदाम,शारदा कालिकाेटे,खड्गमाया विश्वकर्मा र कैलाश कालिकाेटे रहेका छन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीले भन्नू भयाे ” याे देशमा अब नयाँ राजनीतिक शक्तिकाे उदय भैसकेकाे छ । याे मूलुकमा आमूल परिवर्तन गर्न हाम्राे पार्टी स्थापना भएकाे छ । हामी विगतका अरु पार्टीहरु जस्ताे हैनाैँ हामी त जे बाेल्छाैँ त्यहि गर्छाैँ हामी गर्न सक्ने कामकाे मात्र कुरा गर्छाैँ ।

नसक्ने र झुट कुरा गरेर जनतालाई भ्रममा पार्दैनाैँ ” कार्यक्रममा पार्टीका उपमहासचिव नरेश क्षितिज,काेषाध्यक्ष देबेन्द्र कुमार लिम्बू,सचिवद्वय शशी विश्वकर्मा र दिलबहादुर तामाङ,केन्द्रीय सदस्य डेविट हाङ मादेन लगायतकाे उपस्थिति रहेकाे थियाे ।

छत्रबहादुर विश्वकर्माले संचालन गरेकाे उक्त कार्यक्रममा पार्टीका उपमहासचिव नरेश क्षितिजले नवगठित समितिकाे नामावली घाेषणा गर्नुभएकाे थियाे भने प्रमुख अतिथि दलमर्दन कामीले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाएर बधाई तथा शुभकामना दिनुभएकाे थियाे ।

  • Related Posts

    नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ भदौ २९ पाँचथर पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमीस्थित युवा वर्षा माध्यमिक विद्यालयमा नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजना तथा इलाका प्रहरी…

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

    नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न