युएईमा संयुक्त रुपमा यले तङ्बे ५०८४ मनाइयो

दुबईको जाबेल पार्कमा किरात याक्थुङ चुम्लुङ युएईको प्रस्तावमा युएईमा रहेका लिम्बू जन्य संस्थाहरु किरात याक्थुङ चुम्लुङ युएई, थुप्पोको थेबे लिम्बू समाज युएई, युमा साम्यो महासभा युएई र किरात धर्म तथा साहित्य उत्थान संघ युएई ले पहिलो पटक युएईमा संयुक्त रुपमा यले तङ्बे ५०८४ को वलिहाङ तङ्नाम साथै बनभोज कार्यक्रम बृहत रुपमा मनाएको छ।

उक्त कार्यक्रमले युएईमा रहेको लिम्बू जन्य संस्थाहरुको आपसी सम्बन्ध र एकताको राम्रो संदेश दिएको छ।

कार्यक्रम याक्थुङ लिम्बुहरुको मौलिक खाना साथै विभिन्न खेलकुदहरुका साथ् आयोजना भएको थियो। मौलिक भेषभुषामा पुरुष तर्फ थुप्पोको थेबे लिम्बू समाज युएईका अध्यक्ष पोबो थेबे सेमी र महिला तर्फ किरात याक्थुङ चुम्लुङ युएईकी केन्द्रिय सदस्य सन्जा लिम्बू उत्कृष्ट घोषित भएका थिए भने खेलकुद तर्फ डोरी तान्ने खेलमा संस्थागत प्रतियोगिता भएको थियो जसमा पुरुष तर्फ किरात याक्थुङ चुम्लुङ युएई र महिला तर्फ थुप्पोको थेबे लिम्बू समाज युएई विजय भएको थियो। त्यस्तै अन्य खेल सिलाम साक्मा बनाउने, तातो आलु जस्ता खेलहरु पनि थिए।

सम्पूर्ण खेलकुदको संयोजक थुप्पोको थेबे लिम्बु समाज युएईबाट मिलन थेबे ज्युले गर्नु भएको थियो । साथै बनभोज कार्यक्रमको बिशेष आकर्षण लारिङ्गेक नाम्लिङ्गेक खेलिएको थियो भने यालाङ पनि नाचिएको थियो।

बलिहाङ तङ्नामकै अवसर पारेर भाग्यशाली चिट्ठाको पनि ओपनिङ गरिएको थियो जसमा प्रथम पुरस्कार टिकट न. १३१८ नगद दिराम २५००/- बिजेता बबी, दोश्रो पुरस्कार टिकट न. ०९६८ नगद दिराम १,५००/- बिजेता दुक्छ्यान तामाङ र तेश्रो पुरस्कार टिकट न. १३०४ नगद दिराम १,०००/- बिजेता प्रत्युषा भएका थिए।

संयुक्त रुपमा आयोजित यस बलिहाङ तङ्नाम साथै बनभोज कार्यक्रमले युएईमा रहेका याक्थुङ लिम्बू जन्य संस्थाहरुको आपसी सम्बन्ध अझ बलियो बनाउदै आउँदो दिनहरुमा पनि यस्तै सहकार्य गरि अगाडी बढ्ने भनि किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष कमल बहादुर लावती, थुप्पोको थेबे लिम्बू समाज युएईका अध्यक्ष पोबो थेबे सेमी, युमा साम्यो महासभा युएईका कार्यबाहक अध्यक्ष राम योङ्हाङ बैदारे ठुले, र किरात धर्म तथा साहित्य उत्थान संघ युएईकी अध्यक्ष शिवरात्रि नाल्बो ज्युले अपेक्षा राख्नु भएको जानकारी गराउनु भयो ।

उक्त कार्यक्रमको संयोजक युमा साम्यो महासभा युएईका उपाध्यक्ष श्री गोबिन्द कुमार लुम्फुवाँ ज्युले गर्नु भएको थियो।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु