चेप्टी पार्कको अतिक्रमण हटाएर वन क्षेत्र पुनः संरक्षित

इलाम – इलामको माई नगरपालिका-२ स्थित हेप्पी ड्रिम्स चेप्टी पार्कमा अतिक्रमण गरिएको वन क्षेत्रबाट निर्माण गरिएका संरचनाहरू हटाइएका छन्। उच्च अदालत इलामको आदेशपछि डिभिजन वन कार्यालयले पार्कको १७७ रोपनी अतिक्रमित भूमि फिर्ता ल्याउँदै ४१ रोपनी भूमि मात्रै पार्कका संचालकको स्वामित्वमा राख्ने निर्णय गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार, २०७८ फागुनदेखि वन क्षेत्रको छानबिन र संरक्षण प्रक्रिया सुरु भएको थियो। पार्कका संचालक दिनेश शिवाकोटीको स्वामित्वमा रहेको संरचनाहरू हटाउने कार्य डिभिजन वन कार्यालयले सम्पन्न गरेको छ। ४१ रोपनी बाहेक अन्य भूमि मापदण्डअनुसार स्वामित्वको प्रमाण प्रस्तुत गर्न नसक्दा संरचनाहरू हटाइएका हुन्।

डिभिजन वन अधिकृत दानबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “पार्कको संरचना हटाएर अब वन क्षेत्रको संरक्षण र रेखदेखमा ध्यान दिइनेछ।”

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट