युवा केन्द्रीत तीन दिवसीय सेमिनार पीस एम्बेसी भवनमा हुने

काठमाडौ । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै  युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९ गते सम्म सेमिनारको आयोजना हुन् लागेको हो ।

राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको सन्र्दभमा हुन लागेको समिनारमा नेतृत्व बिकास, चरित्र निर्माण, ब्यत्तित्व बिकास स्थायी शान्तीको लागि पहलकदमी, दन्द्ध ब्यबस्थापन तथा आर्थिक बिकासका बारेमा छलफल हुने छ । काठमाडौ महानगरपालिका बडा नं १ को सहकार्यमा हुन लागेको सेमिनारमा राष्ट्र निर्माण सम्भव छ जब सबै युवाहरु राष्ट्रको विकासमा संलग्न हुन्छन् ।

राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्र्दभमा पनि सेमिनारमा छलफल हुने कार्यक्रमका संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार  युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु¥याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको सेमिनारको सह संयोजक कामना भुसालको भनाई छ ।

सेमिनारमा अन्तारष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संधिय सासद एकनाथ ढकालले बिशेष प्रशिक्षण दिने कार्यक्रममा छ ।

सेमिनारमा युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाडौ उत्यकाका १६ देखि ४० बर्ष सम्ममा युवा युवतीहरुको सहभागिता रहने छ । सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।

  • Related Posts

    “उभौली तथा २५६९ औं बुद्ध जयन्तीको शुभकामना”

    नेपाल सरकारले सूचीकृत गरेको विभिन्न आदिवासी जनजाति मध्ये किराँती समुदायको एक महत्वपूर्ण पर्व उभौली हो । यस उभौली चाड प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन किराँतीहरुले चण्डी तथा भूमेस्थानमा पूजा…

    धार्मिक स्थलको संरक्षणमा जुटे मेयर चौधरी, हरिनगरामा अष्टजामको विधिवत सुरुवात

    वैशाख २६, लहान — सिराहा जिल्लाको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी पछिल्लो समयमा धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिन थालेका छन् । नगर क्षेत्रभित्र रहेका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न