रासा तालको सौन्दर्य

ईशुका राई/रासा ताल एउटा ताल हो जुन जैविक विविधताले सुन्दर त छ नै साथै विभिन्न प्रकारका चराचुरुङ्गीले पनि रासा तालको सौन्दर्यतामा आकर्षण थपेको छ।

किरात लिपिका प्रवन्धक इमान सिङ चेम्जोङको स्मृतिमा निर्माण गरिएको ताल सुरुमा सानो भएता पनि पछि भने यसको आकार लाई बढाएर १० हेक्टरमा बढाइएको हो। इमान सिङ चेमजोङको स्मृतिमा ताल निर्माण गरेर राष्ट्रिय सम्मान पाएको ताल भएकोले यसको नाम छोटो रुपमा रासा ताल भनिएको हो। २०७१ साल देखि २०८१ साल सम्म आउदा ९ वर्ष भित्रमा आफ्नो रुप फेरेको फेरै छ। स्थानीय सरकार र प्रदेस सरकारको बजेट मार्फत धमाधम नयाँ संरचनाहरु निर्माण भइरहेको छन्। साथै तालको विकासको लागि स्थानीयहरुको पनि उत्तिकै चासो रहेको पाइएको छ। माछा पालन पनि गरिएको यस तालमा धरान, इटहरी र अन्य ठाउँबाट फिसिङको लागि मानिसहरु आउने गरेका छन् ताल समितिले रु.१०० देखि रु.२०० सम्म शुल्क लिएर फिसिङ गर्ने अनुमति दिएको छ। तर फिसिङ स्टिक बाहेक जालि हाल्ने दुवालि थुन्ने जस्ता अरु तरिकाले माछा मार्ने पाइन्दैन।शुल्क तिरे पस्चात जति केजि मारेर लगेपनि अतिरिक्त शुल्क लाग्दैन कसैले दिनमा दुई देखि चार केजि सम्म माछा मार्छन् भने कसैको हातमा एउटा पनि पर्दैन।

प्रत्येक वर्षको मङ्सिरे पूणिर्मामा लोपोन्मुख जनजातिको परम्परा र संस्कृति जोगाइ राख्ने उद्देश्यले जनजातिहरुको नृत्य पनि आयोजना गरिन्छ। विशेष गरी राउतले, पोचे, मेचे आदि जातिको सस्कृति झल्काउने भेषभुषा सहितको नृत्य अवलोकन गर्न मानिसहरूको ठुलै भिड जम्मा हुन्छ। यसरी हेर्दा रासस तालले सस्कृति सम्रक्षनमा पनि जोड दिएको पाइन्छ। भित्र पटि विभिन्न संरचना निर्माण गरेर स्थर उन्नति गरेको पाइन्छ भने बाहिर पटि स्थानीय बासिन्दाहरू रोजगारी र व्यपारि सम्भावना देखेको पाइन्छ। हाल दुईतिनवटा होटलहरू सन्चालनमा रहेकाले पर्यटकहरुको राम्रै भिडभाड रहेको पाईन्छ।

पानीपुरी, चटपटे, कुल्फी पसलहरु पनि देखिन्छन्।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली