काठमाडौ, बैसाख ५राष्ट्रिय मुक्ति क्रान्तिका अभियान्ता तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोद्धारा लिखित पुस्तक ‘अधुरा क्रान्ति’ विमोचन गरिएको छ। महतोको राजनीतिक गतिविधिको अन्तरकुन्तर र २०७२ को संविधान बनेपछि मधेशलाई हेर्ने दृष्टिकोणलाई समेटिएको छ।
सदियौंदेखिको विभेद र शोषणको विरुद्ध मधेशमा रहेको र लामो आन्दोलन हुदा पनि जनतको माग पुरा नहुदा क्रान्ति अधुरो रहेको बताए। नेपालको इतिहासमा हेर्ने हो भने पछिल्लो पटकको मधेश आन्दोलन तेस्रो जनआन्दोलन रहेको उनले बताए। तर दुःखको कुरा नेतृत्वको अपरिपक्वताको कारण आन्दोलन बिना निष्कर्ष मत्थर भएको उनले बताए। जनताले आफ्नो पहिचान र अधिकारको लडाईंमा हार व्यहोर्नु पर्यो। उनले भने, ‘त्यसैले आज मैले मेरो जिन्दगीको गतिविधि र अधुरो क्रान्तिको पुस्तक लेखिएको हो।’
डा.सोहन शाह, कनकमणि दीक्षित, महोहना अन्सारी, सुमन सायमी, बुद्ध छिरिङ मोक्तान, महेश दाहलले पुस्तकको समिक्षा गरिएको थियो।




