अजेन्द्र वाईबा तामाङ
भदौ ३० मंगलबार पाँचथर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिको पाँचथर जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत भएका छन्।
नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइराला द्वारा तामाङलाई पाँचथर जिल्लाको संयोजकको जिम्मेवारी प्रदान गर्दै मनोनयन गरेका हुन्।
पार्टीको आगामी १५औँ महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन जिल्ला तहमा आवश्यक तयारी तथा समन्वय गर्ने उद्देश्यले तामाङलाई संयोजकको जिम्मेवारी दिइएको बताइएको छ।
संयोजकको जिम्मेवारी पाएसँगै तामाङले पाँचथरमा महाधिवेशन तयारीका लागि पार्टीका नेता, कार्यकर्ता तथा सम्बन्धित तहसँग आवश्यक समन्वय गर्दै संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
तामाङको मनोनयनसँगै पाँचथरमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीले थप गति लिने विश्वास गरिएको छ।


