रूपा लिम्बु ह त्या प्रकरणका फरार प्रतिवादी प क्राउ

अजेन्द्र वाईबा तामाङ
साउन ७,तेह्रथुम
तेह्रथुमको आठराई गाउँपालिका–६, सिमखर्कमा ५२ वर्षीया रूपा लिम्बुको ह त्या गरी फरार रहेका प्रतिवादी प क्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय, सक्रान्तिबजारको संयुक्त प्रहरी टोलीले ३८ वर्षीय कृष्णबहादुर पौठाकलाई पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुम्लिबुङमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीका अनुसार साउन ६ गते रूपा लिम्बुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनापछि फरार रहेका आरोपितलाई खोजी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
पक्राउ परेका प्रतिवादीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, तेह्रथुम पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु