रूपा लिम्बु ह त्या प्रकरणका फरार प्रतिवादी प क्राउ

अजेन्द्र वाईबा तामाङ
साउन ७,तेह्रथुम
तेह्रथुमको आठराई गाउँपालिका–६, सिमखर्कमा ५२ वर्षीया रूपा लिम्बुको ह त्या गरी फरार रहेका प्रतिवादी प क्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय, सक्रान्तिबजारको संयुक्त प्रहरी टोलीले ३८ वर्षीय कृष्णबहादुर पौठाकलाई पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुम्लिबुङमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीका अनुसार साउन ६ गते रूपा लिम्बुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनापछि फरार रहेका आरोपितलाई खोजी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
पक्राउ परेका प्रतिवादीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, तेह्रथुम पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट