पाँचथरको फालेलुङ–२ का पहिराे क्षेत्रमा पाँचथर प्रमुख जिल्ला अधिकारी सहितकाे सुरक्षा निकायद्वारा स्थलगत निरीक्षण

अजेन्द्र वाईबा तामाङ
साउन ६,पाँचथर
पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–२ बरडाँडा अन्तर्गत मेमेङ–जोरपोखरी भित्री सडक खण्डमा लगातारको वर्षापछि माथिबाट ढुङ्गा, माटो र लेदो सहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरो गएको स्थानदेखि करिब २० मिटर माथि रहेका ७/८ वटा घर उच्च जोखिममा परेपछि स्थानीय प्रशासन र गाउँपालिकाले प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने पहल थालेका छन्। निरन्तर वर्षा भइरहेका कारण पहिरो पन्छाई सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको जनाइएको छ। यसका लागि स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।
पहिरोका कारण फालेलुङ गाउँपालिका–२ निवासी गजेन्द्र खत्रीको घर उच्च जोखिममा परेको छ। उनको परिवारमा ५ जना (महिला ३, पुरुष २) रहेका छन्। त्यस्तै यादव खत्रीको घर पनि उच्च जोखिममा रहेको छ, जहाँ ३ जना (महिला १, पुरुष २) बसोबास गर्दै आएका छन्।
यस्तै पदमबहादुर खत्रीको घर जोखिममा रहेको छ, जहाँ ६ जना (महिला ३, पुरुष ३), कोमलनाथ खत्रीको घर जोखिममा रहेको छ, जहाँ ४ जना (महिला २, पुरुष २) तथा पुरुषोत्तम खत्रीको घर पनि जोखिममा रहेको छ, जहाँ ६ जना (महिला ३, पुरुष ३) बस्दै आएका छन्। जोखिम र उच्च जोखिममा रहेका यी सबै परिवार हालसम्म आफ्नै घरमा बसिरहेको जिल्ला प्रशासनले कार्यालय पाँचथरले जनाएको छ।
आज प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा जिल्लाका सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिनिधिहरु प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा स्थानीय तहसँग समन्वय गरी जोखिम तथा उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्ने विषयमा आवश्यक समन्वय गरिएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले निरन्तर वर्षाका कारण थप पहिरो जान सक्ने सम्भावना रहेकाले जोखिम क्षेत्रमा रहेका स्थानीयलाई उच्च सतर्कता अपनाउन तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु