पाँचथरको फालेलुङ–२ का पहिराे क्षेत्रमा पाँचथर प्रमुख जिल्ला अधिकारी सहितकाे सुरक्षा निकायद्वारा स्थलगत निरीक्षण

अजेन्द्र वाईबा तामाङ
साउन ६,पाँचथर
पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–२ बरडाँडा अन्तर्गत मेमेङ–जोरपोखरी भित्री सडक खण्डमा लगातारको वर्षापछि माथिबाट ढुङ्गा, माटो र लेदो सहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरो गएको स्थानदेखि करिब २० मिटर माथि रहेका ७/८ वटा घर उच्च जोखिममा परेपछि स्थानीय प्रशासन र गाउँपालिकाले प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने पहल थालेका छन्। निरन्तर वर्षा भइरहेका कारण पहिरो पन्छाई सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको जनाइएको छ। यसका लागि स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय भइरहेको छ।
पहिरोका कारण फालेलुङ गाउँपालिका–२ निवासी गजेन्द्र खत्रीको घर उच्च जोखिममा परेको छ। उनको परिवारमा ५ जना (महिला ३, पुरुष २) रहेका छन्। त्यस्तै यादव खत्रीको घर पनि उच्च जोखिममा रहेको छ, जहाँ ३ जना (महिला १, पुरुष २) बसोबास गर्दै आएका छन्।
यस्तै पदमबहादुर खत्रीको घर जोखिममा रहेको छ, जहाँ ६ जना (महिला ३, पुरुष ३), कोमलनाथ खत्रीको घर जोखिममा रहेको छ, जहाँ ४ जना (महिला २, पुरुष २) तथा पुरुषोत्तम खत्रीको घर पनि जोखिममा रहेको छ, जहाँ ६ जना (महिला ३, पुरुष ३) बस्दै आएका छन्। जोखिम र उच्च जोखिममा रहेका यी सबै परिवार हालसम्म आफ्नै घरमा बसिरहेको जिल्ला प्रशासनले कार्यालय पाँचथरले जनाएको छ।
आज प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा जिल्लाका सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिनिधिहरु प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा स्थानीय तहसँग समन्वय गरी जोखिम तथा उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्ने विषयमा आवश्यक समन्वय गरिएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले निरन्तर वर्षाका कारण थप पहिरो जान सक्ने सम्भावना रहेकाले जोखिम क्षेत्रमा रहेका स्थानीयलाई उच्च सतर्कता अपनाउन तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली