राजदुवालीको मेची राजमार्गमा ढिस्को खस्दा ठूला गाडी ठप्प

इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को राजदुवाली खण्डमा पुनः पहिरो झरेपछि ठूला सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। साना सवारीसाधन भने सञ्चालनमा रहेका छन्।

शुक्रबार साँझ सो क्षेत्रमा पहिरो झरेपछि आज बिहानसम्म ठूला सवारीसाधन रोकिएका थिए। सडक मर्मतपछि बिहानदेखि अवरुद्ध सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका थिए। तर, केहीबेरअघि एउटा ट्रक गुडिरहेको समयमा पुनः ढिस्को खस्दा राजमार्ग फेरि अवरुद्ध भएको हो।

सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार हाल ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने साना सवारीसाधन पास भइरहेका छन्। उनका अनुसार सडक खुलाउने प्रयास जारी रहे पनि पहिरो निरन्तर खसिरहेकाले पूर्ण रूपमा सञ्चालन कहिलेबाट हुने भन्ने यकिन गर्न सकिने अवस्था छैन।

भट्टराईले उक्त क्षेत्रमा रातिको समयमा मर्मत कार्य गर्न जोखिमपूर्ण भएकाले आज राति नै ठूला सवारीसाधन सञ्चालन हुने सम्भावना न्यून रहेको बताए। उनले सकेसम्म छिटो सडक सञ्चालनमा ल्याउन प्रयास भइरहेको जानकारी दिए।

गत असोज १८ र १९ गतेको बाढीपहिरोपछि राजदुवाली क्षेत्रमा मेची राजमार्ग पटक–पटक अवरुद्ध हुँदै आएको छ। मर्मत तथा स्थायी समाधानका काम जारी रहे पनि ती कार्य कहिले सम्पन्न हुने भन्ने अझै निश्चित हुन सकेको छैन।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु