झापामा मिचाहा झारको फैलावट बढ्दा जैविक विविधता र कृषिमा सङ्कट

जिल्लामा बाह्य मिचाहा प्रजातिका झार फैलावटका कारण स्थानीय जैविक विविधता, कृषि उत्पादन र पशुपालन क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको छ ।
जिल्लाका कृषियोग्य भूमि, सामुदायिक वन, सिमसार क्षेत्र र सडक किनारमा  मिचाहा झार तीव्र रूपमा फैलिएको हो । हल्दिबारी, भद्रपुर, मेचीनगर र दमक क्षेत्रका वनमा लहरे वनमारा (माइकेनिया) र ठूलो लज्जावती झार (मिमोसा)का कारण स्थानीय वनस्पति र कृषि बाली नष्ट भइरहेको डिभिजन वन कार्यालय झापाका अधिकारी  नथुनी यादवले बताउनुभयो ।
यादवले नियन्त्रणका लागि स्थानीय सामुदायिक वन र पालिकासँग एकीकृत प्रयास भइरहेको जानकारी दिनुभयो । स्थानीय बासिन्दाले लहरे वनमारालाई ‘प्याङ्ग्री लहरा’ र ठूलो लज्जावतीलाई ‘वनकाँडा’का रूपमा चिन्ने गरेका छन् ।
विगतमा भुटानी शरणार्थी बसोबास गरेको क्षेत्र गोलधाप, खुदुनाबारी र बेलडाँगी आसपासमा वनकाँडाको फैलावट उच्च पाइएको छ । गुलाबी रङको फूल फुल्ने वनकाँडा चरन क्षेत्रमा फैलिँदा स्थानीय पशुपालन व्यवसाय प्रभावित बनेको छ ।
झापाको ओसिलो र न्यानो हावापानी एवं माटो मिचाहा झारको वृद्धिका लागि अत्यधिक अनुकूल रहेको फरेस्ट एक्सन नेपालका शोधकर्मी डा लीलानाथ शर्माले जानकारी दिनुभयो ।
मिचाहा झारलाई जरैदेखि उखेलेर फ्याँक्नु नै यसको नियन्त्रणको सबैभन्दा उपयुक्त र प्रभावकारी उपाय मानिएको डा शर्माले बताउनुभयो ।
  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु