झापामा मिचाहा झारको फैलावट बढ्दा जैविक विविधता र कृषिमा सङ्कट

जिल्लामा बाह्य मिचाहा प्रजातिका झार फैलावटका कारण स्थानीय जैविक विविधता, कृषि उत्पादन र पशुपालन क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको छ ।
जिल्लाका कृषियोग्य भूमि, सामुदायिक वन, सिमसार क्षेत्र र सडक किनारमा  मिचाहा झार तीव्र रूपमा फैलिएको हो । हल्दिबारी, भद्रपुर, मेचीनगर र दमक क्षेत्रका वनमा लहरे वनमारा (माइकेनिया) र ठूलो लज्जावती झार (मिमोसा)का कारण स्थानीय वनस्पति र कृषि बाली नष्ट भइरहेको डिभिजन वन कार्यालय झापाका अधिकारी  नथुनी यादवले बताउनुभयो ।
यादवले नियन्त्रणका लागि स्थानीय सामुदायिक वन र पालिकासँग एकीकृत प्रयास भइरहेको जानकारी दिनुभयो । स्थानीय बासिन्दाले लहरे वनमारालाई ‘प्याङ्ग्री लहरा’ र ठूलो लज्जावतीलाई ‘वनकाँडा’का रूपमा चिन्ने गरेका छन् ।
विगतमा भुटानी शरणार्थी बसोबास गरेको क्षेत्र गोलधाप, खुदुनाबारी र बेलडाँगी आसपासमा वनकाँडाको फैलावट उच्च पाइएको छ । गुलाबी रङको फूल फुल्ने वनकाँडा चरन क्षेत्रमा फैलिँदा स्थानीय पशुपालन व्यवसाय प्रभावित बनेको छ ।
झापाको ओसिलो र न्यानो हावापानी एवं माटो मिचाहा झारको वृद्धिका लागि अत्यधिक अनुकूल रहेको फरेस्ट एक्सन नेपालका शोधकर्मी डा लीलानाथ शर्माले जानकारी दिनुभयो ।
मिचाहा झारलाई जरैदेखि उखेलेर फ्याँक्नु नै यसको नियन्त्रणको सबैभन्दा उपयुक्त र प्रभावकारी उपाय मानिएको डा शर्माले बताउनुभयो ।
  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट