नक्कली भेटेरिनरीको बिल प्रयोग गरी ल्याइएको २५२ केजी माछा नष्ट

अजेन्द्र वाईबा तामाङ
जेष्ठ ९ पाँचथर
सशस्त्र प्रहरी बल, नेपालको हिमशिखर गुल्म अन्तर्गत नं. २ गुल्म हे.क्वा. फिदिम नगरपालिका–४ जोरसालमा खटिएको टोलीले नक्कली भेटेरिनरी प्रमाणपत्र प्रयोग गरी ओसारपसार गरिएको ठूलो परिमाणको माछा नियन्त्रणमा लिई नष्ट गरेको छ।
बिर्तामोडबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३९४२ नम्बरको यात्रुवाहक ईभी हाईस गाडीलाई पाँचथर फिदिम नगरपालिका ४ जाेरसालमा नियमित चेकजाँच गर्ने क्रममा गाडीको छतमा राखिएको पंगास जातको ६ बक्स माछा फेला परेको थियो। बरामद गरिएको माछाको तौल २५२ केजी रहेको र यसको अनुमानित मूल्य रु. ७३ हजार ८० रहेको सशस्त्र प्रहरीले जनाएको छ।
माछासँग संलग्न भेटेरिनरी प्रमाणपत्र र अन्य कागजातहरू शंकास्पद देखिएपछि सहायक पशु विकास अधिकृत निरज कुमार भट्टराईको उपस्थितिमा कागजातको विस्तृत परीक्षण गरिएको थियो। परीक्षणका क्रममा NVC नम्बर १२८७ को प्रमाणपत्र डा. अभिषेक सिंहको नाममा जारी गरिएको देखिए पनि सम्बन्धित चिकित्सक हाल क्यानडामा रहेको खुल्न आएको छ।
अनुसन्धानका क्रममा चिकित्सकको नाम दुरुपयोग गरी नक्कली भेटेरिनरी प्रमाणपत्र तथा बिल प्रयोग गरिएको पुष्टि भएपछि उक्त माछा नियन्त्रणमा लिई नष्ट गरिएको हो।
जिल्ला भेटेरिनरी निरीक्षक डाक्टर रोशन दाहालले उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्तो कार्य अत्यन्त गम्भीर र संवेदनशील भएको बताए। उनले नक्कली कागजात प्रयोग गरेर खाद्यवस्तु ओसारपसार गर्नु जनस्वास्थ्यका लागि जोखिमपूर्ण हुने उल्लेख गरे।
हिमशिखर गुल्मका गुल्मपति चिरञ्जीवी प्रसाईंका अनुसार भेटेरिनरी प्रमाणपत्र पशु चिकित्सकहरूको जाँचमा नक्कली प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरूको रोहवरमा उक्त माछा नष्ट गरिएको हो।

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना