अन्तर्राष्ट्रिय रेडियो दिवसको अवसरमा याङवरकमा याङरुप एफएमको टावर स्थापना कार्य सुरु

राज याक्खा
अन्तर्राष्ट्रिय रेडियो दिवसको अवसर पारेर याङरुप एफएम ८८.५ मेगाहर्ज ले आफ्नो प्रसारण क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित टावर स्थापना कार्य औपचारिक रूपमा सुरु गरेको छ।

पाँचथर याङ्वरक गाउँपालिका–४, थर्पु स्थित थर्पु क्याम्प नजिकै याङवरक मिडिया प्रा. लि. को पहलमा टावर निर्माण कार्य अघि बढाइएको हो। दुर्गम तथा ग्रामीण भेगसम्म रेडियो प्रसारणको पहुँच विस्तार गर्ने दीर्घकालीन लक्ष्यसहित यो कार्य थालिएको हो।
कम्पनीका अनुसार नयाँ टावर स्थापना सम्पन्न भएपछि याङरुप एफएमको प्रसारण क्षेत्र उल्लेखनीय रूपमा फराकिलो हुने, ध्वनि गुणस्तरमा उल्लेख्य सुधार आउने तथा सूचना, शिक्षा र मनोरञ्जनका कार्यक्रमहरू अझ प्रभावकारी ढंगले श्रोता माझ पुग्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय रेडियो दिवसको सन्दर्भ पारेर सुरु गरिएको यस पहलले स्थानीय सञ्चार क्षेत्रलाई थप सुदृढ र सशक्त बनाउने विश्वास लिइएको छ।

स्थानीयवासीहरूले रेडियो प्रसारणको पहुँच विस्तारले गाउँस्तरमै सूचना, जनचेतना, शैक्षिक सामग्री तथा मनोरञ्जनात्मक कार्यक्रम सहज रूपमा सुन्न पाउने भन्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्। निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न गरी प्रसारण स्तरोन्नति गर्ने लक्ष्य याङवरक मिडिया प्रा. लि. ले लिएको जनाएको छ।
यस टावर स्थापना पश्चात पाँचथर जिल्ला र ताप्लेजुङ जिल्ला का विभिन्न स्थानीय तहहरू— याङवरक गाउँपालिका, हिलिहाङ गाउँपालिका, फालेलुङ गाउँपालिका, श्रीजङ्घा गाउँपालिका तथा सिदिङ्वा गाउँपालिका मा सञ्चार पहुँचमा उल्लेख्य सहजता आउने मिडियाले जनाएको छ।
याङरुप एफएमलाई आसन्न निर्वाचन अगावै पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाउँदै, यस पहलले लोकतान्त्रिक अभ्यास, सूचनाको पहुँच र स्थानीय आवाजलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट