झापा, बिर्तामोड — आज माघ २९ गते झापाको बिर्तामोडमा KGF टिमले विगत ४५ दिनदेखि निरन्तर सञ्चालन गर्दै आएको मानवता सेवा कार्यक्रम विशेष अर्थपूर्ण र भावनात्मक वातावरणमा सम्पन्न गरिएको छ। KGF संस्थापक अध्यक्ष येहाङ लाबुङ ज्यु लगायत दाजु बिक्रम लाबुङ, दिदी बुध माया, नर माया, बिनिता लाबुङ तथा आईत, देउमान र जनु लाबुङको सहयोगमा दिवंगत पिताको प्रथम पुण्यतिथि र माताको तेस्रो पुण्यतिथिको पावन अवसर पारेर लाबुङ परिवार स्वयं फिल्डमै उपस्थित भई सेवा कार्य सम्पन्न गरिएको हो। उक्त अवसरमा सडकमा जीवनयापन गरिरहेका गरिब, दुःखी तथा असहाय बुबा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई विभिन्न परिकार सहित प्रेम, सम्मान र आत्मीयताका साथ भोजन गराउनुका साथै केही दिनसम्म पुग्ने खाद्यान्न तथा रासन समेत वितरण गरिएको थियो। आफ्ना दिवंगत बुबा–आमाको स्मृतिलाई सेवा र मानवताको माध्यमबाट सम्मान गर्ने लाबुङ परिवारको यो प्रेरणादायी कार्य साँच्चिकै उदाहरणीय र हृदयस्पर्शी बनेको छ। मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देश व्यवहारमै देखाउँदै उहाँहरूले समाजमा सकारात्मक प्रेरणा प्रवाह गर्नुभएको छ। लाबुङ परिवारको यस महान कार्यप्रति KGF टिमले हार्दिक कृतज्ञता, सम्मान र धन्यवाद व्यक्त गरेको छ। दिवंगत आत्माहरूको चिर शान्तिको कामना गरिएको छ।
फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु
अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…



