ब्राउन सुगर र प्रतिबन्धितऔषधिसहित सात जना पक्राउ

झापा,मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–३ केर्खाका राजु ढकाललाई आठ ग्राम २३० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित,इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङबरक–६ का अनिश राई र सुनसरी धरान–१७ की लिला तामाङको साथबाट तीन ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी ९ ट्याब्लेट सहित र बिर्तामोड–४ का फणिन्द्र विश्‍वकर्माको साथबाट एक ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

उता मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले बिराटनगर–१६ बाट लेटाङ–५ का मनोज परियारलाई पाँच ग्राम ९० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डागाँबजार बेलबारीले बेलबारी–७ का मनिष मग्रातीलाई प्रतिबन्धित औषधि ६३० ट्याब्लेट सहित पक्रउ गरेको छ ।

त्यसैगरी सुनसरीको धरान–१९ बाट इलाका प्रहरी कार्यालय धरानले सोही स्थानका सुजन लिम्बूको साथबाट एक ग्राम ४० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु