ब्राउन सुगर र प्रतिबन्धितऔषधिसहित सात जना पक्राउ

झापा,मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–३ केर्खाका राजु ढकाललाई आठ ग्राम २३० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित,इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङबरक–६ का अनिश राई र सुनसरी धरान–१७ की लिला तामाङको साथबाट तीन ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी ९ ट्याब्लेट सहित र बिर्तामोड–४ का फणिन्द्र विश्‍वकर्माको साथबाट एक ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

उता मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले बिराटनगर–१६ बाट लेटाङ–५ का मनोज परियारलाई पाँच ग्राम ९० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डागाँबजार बेलबारीले बेलबारी–७ का मनिष मग्रातीलाई प्रतिबन्धित औषधि ६३० ट्याब्लेट सहित पक्रउ गरेको छ ।

त्यसैगरी सुनसरीको धरान–१९ बाट इलाका प्रहरी कार्यालय धरानले सोही स्थानका सुजन लिम्बूको साथबाट एक ग्राम ४० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट