खगेन्द्र सुनारको गाईसम्बन्धी अभिव्यक्तिलाई लिएर रास्वपाले जारी गर्यो विज्ञप्ति

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका नेता तथा प्रतिनिधिसभाका उम्मेदवार खगेन्द्र सुनारले गाईसम्बन्धी दिएको अभिव्यक्तिको बारेमा प्रष्ट पारेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीले सुनारको अभिव्यक्तिलाई लिएर चासो प्रकट भएको भन्दै हिजो एक विज्ञप्ति जारी गरेर पार्टीको धारणा राखेका हुन् ।

उनले भनेका छन्,‘पार्टीले उम्मेदवार सुनारलाई सोसम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको छ। उहाँको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतिकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त छ।’

यस्तो छ विज्ञप्ति

वि.सं. २०८२ माघ १६
ने.सं. ११४६ सिल्लाथ्व द्वादशी

विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको संविधान, प्रचलित कानून र यहाँको मौलिक सामाजिक-सांस्कृतिक संवेदनशीलताप्रति सधैं सजग र प्रतिबद्ध छ। सामाजिक सञ्जालहरुमा पार्टीका उम्मेदवार खगेन्द्र सुनारका सम्बन्धमा व्यक्त आमचासोप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ। यस सन्दर्भमा पार्टीकातर्फबाट देहाय बमोजिमका स्पष्टीकरण तथा प्रतिबद्धताहरू सार्वजनिक गर्दछौं:
१. उम्मेदवारको स्पष्टीकरण र आत्मलोचना
खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक-सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको छ। उहाँले सार्वजनिक रूपमै आफू “शाकाहारी भएको, कुनै पनि पशु-पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको” प्रष्ट पारिसक्नुभएको छ। सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमाेड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मलोचना समेत गर्नुभएको छ।

२. पार्टीको आधिकारिक निर्देशन
पार्टीले उम्मेदवार सुनारलाई सोसम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको छ। उहाँको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतिकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त छ।

३. हाम्रो मार्गनिर्देशक सिद्धान्त र प्रस्तावना
रास्वपाको विधान र प्रस्तावनाले “नेपालको इतिहास, सनातन सभ्यता, तथा धार्मिक-सांस्कृतिक विविधतामा आधारित सह-अस्तित्व र पारस्परिक सम्मान” लाई आफ्नो मूल मर्म मानेको छ। हामी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र “राष्ट्रिय एकता” लाई अक्षुण्ण राख्न सधैं कटिबद्ध छौं।

४. हाम्रो प्रतिबद्धता
रास्वपा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सदभाव बिगार्ने तत्वहरूको पक्षमा छैन र रहने छैन। हाम्रा उम्मेदवारहरू केवल चुनाव जित्नका लागि मात्र होइन, भोलिको संसदमा संयमित, मर्यादित र देशको विधि-विधानलाई सम्मान गर्ने नेतृत्वका रूपमा उभिनेछन् भन्नेमा हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विश्वास दिलाउन चाहन्छौं।
रास्वपा सधैं विधिको शासन, सामाजिक न्याय, धर्मिक तथा सामाजिक सदभाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहनेछ।

कविन्द्र बुर्लाकोटी
महामन्त्री

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट