१८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२ को दोस्रो दिन अघिल्लो वर्षका उपविजेता टिमलाई लेटाङ फुटबल क्लबको रोमाञ्चक जीत

राज याक्खा,

इलामको माङसेबुङमा जारी १८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२को दोस्रो दिन लेटाङ फुटबल क्लब र तीजोक युवा क्लबबीच भएको खेल निर्धारित समयमा ०–० गोलको बराबरीमा सकिएको थियो। खेल अत्यन्त प्रतिस्पर्धात्मक रहँदै पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा लेटाङ फुटबल क्लबले तीजोक युवा क्लबलाई ५–४ गोलको अन्तरले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको हो।

पछिल्लो वर्ष उपविजेता बनेको तीजोक युवा क्लब यसपटक दोस्रो दिनमै बाहिरिएको छ। लेटाङका गोलकिपर समीर क्षेत्रीले पेनाल्टीमा गरेको उत्कृष्ट बचाउका कारण आजको ‘म्यान अफ द म्याच’ घोषित भए।

समग्रमा ८ टिम सहभागी रहेको यो प्रतियोगिताको विजेताले रु. ३,०११,१७२/- पाउने छन् भने उपविजेताले रु. २११,१७२/- प्राप्त गर्ने छन्।

Related Posts

साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात

साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात  भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा कन्डमको आयात बढ्दो…

झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालक राईको मृत्यु

झापा । झापाको दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले मिस गर्नुभयो

साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात

साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात