१८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२ को दोस्रो दिन नै अघिल्लो बर्ष उपविजेता टिमलाई लेटाङ फुटबल क्लबको रोमाञ्चक जीत

राज याक्खा,

इलामको माङसेबुङमा जारी १८औँ आत्मानन्द आमन्त्रित गोल्डकप २०८२को दोस्रो दिन लेटाङ फुटबल क्लब र तीजोक युवा क्लबबीच भएको खेल निर्धारित समयमा ०–० गोलको बराबरीमा सकिएको छ। खेल अत्यन्त प्रतिस्पर्धात्मक रहँदै पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा लेटाङ फुटबल क्लबले तीजोक युवा क्लबलाई ५–४ गोलको अन्तरले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको हो।

पछिल्लो वर्ष उपविजेता बनेको तीजोक युवा क्लब यसपटक दोस्रो दिनमै बाहिरिएको छ। लेटाङका गोलकिपर समीर क्षेत्रीले पेनाल्टीमा गरेको उत्कृष्ट बचाउका कारण आजको ‘म्यान अफ द म्याच’ घोषित भए।

समग्रमा ८ टिम सहभागी रहेको यो प्रतियोगिताको विजेताले रु. ३,०११,१७२ पाउने छन् भने उपविजेताले रु. २११,१७२ प्राप्त गर्ने छन्।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली