अलैंची व्यापारमा गडबडी : आयकरमा करोडौँ छली, अर्बौं रुपैयाँ हुण्डीमार्फत नेपाल भित्रिँदै

झापा, ५ मंसीर । अलैंची निर्यातमा ‘अन्डर बिलिङ’को तथ्य सार्वजनिक भएपछि आयकर छली र हुण्डीमार्फत अवैध रकम भित्रिने समस्या उजागर भएको छ। यसबाट करोडौँको आयकर छलीमात्रै नभएर अर्बौं रुपैयाँ अवैध तरिकाले हुण्डीमार्फत नेपाल भित्रिने गरेको देखिन्छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१–८२ मा ४ हजार ३ सय टन अलैंची निर्यात भई ७ अर्ब ६८ करोड रुपैयाँ आम्दानी भएको थियो। चालु आर्थिक वर्षको असोजसम्ममा मात्रै १ हजार ७२ टन अलैंची भारततर्फ निर्यात भई १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी भएको छ।

किसानले प्रतिमन ९० हजारदेखि १ लाख ७ हजार रुपैयाँसम्म पाएका भए पनि भन्सारमा आधा मूल्य मात्र देखाइएको छ। व्यापारीले भारतीय पक्षले वास्तविक मूल्यको बिल स्वीकार नगर्दा कम बिलिङ गर्न बाध्य भएको बताएका छन्। तर वास्तविकतामा भारतीय व्यापारीले प्रतिमन १ लाख २० हजार रुपैयाँभन्दा बढीमा खरिद गर्ने गरेको स्वीकारोक्ति छ।

यसरी अन्डर बिलिङमार्फत आयकर छली हुने मात्र नभई प्रतिबन्धित भारतीय नोट समेत नेपाल भित्रिने गरेको नियामक निकायका अधिकारीले बताएका छन्। प्रमुख नाका झापाको काँकडभिट्टामा अवैध भारतीय नोट कारोबारमा संलग्न मुद्रा सटही काउन्टर सञ्चालक पक्राउ परेपछि यसको सम्बन्ध अलैंची व्यापारसँग जोडिएको आशंका गरिएको छ।

नेपाल विश्व अलैंची निर्यातको ६० प्रतिशत हिस्सा ओगट्छ। गत वर्ष ९९ प्रतिशत अलैंची भारततर्फ निर्यात भएको थियो। चालु आर्थिक वर्षमा भने शतप्रतिशत अलैंची भारततर्फ निर्यात भएको तथ्याङ्कले देखाउँछ।

  • Related Posts

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात  भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा कन्डमको आयात बढ्दो…

    झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालक राईको मृत्यु

    झापा । झापाको दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात