झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आआफ्नो दाबी प्रस्तुत गरे

झापा, २४ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आआफ्नो दाबी प्रस्तुत गरेका छन् ।

फाइलन खेलको पूर्वसन्ध्यामा आइतबार रंगशालामा परिसरमा आयोजित ‘प्रि–म्याच कन्फ्रेन्स’मा दुवै टिमले उपाधिमा आआफ्नो दाबी प्रस्तुत गरेका हुन् । दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधि रक्षाका लागि रूपमा तयार रहेको बताएका छन् ।

“हाम्रो टोलीले अहिलेसम्म फाइनलमा हार व्यहोरेको छैन”, एपिएफका प्रशिक्षक जिवेश पाण्डेले भन्नुभयो, “यसपटक पनि हामी उपाधि रक्षा गर्नेछौं ।”

एपिएफकी कप्तान अनिता बस्नेतले झापाको मैदानमा पुलिसलाई रोक्दै अर्को उपाधि थप्ने बताउनुभयो । खेल मैदान र दर्शकको उपस्थिति उत्साहजनक रहेको बताउनुहुँदै उहाँले जीत–हार स्वाभाविक भए पनि जीत निकाल्नमै टिमको ध्यान केन्द्रीत हुने उल्लेख गर्नुभयो ।

नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले एपिएफलाई पाखा लगाउँदै उपाधि रक्षा गर्ने दाबी गर्नुभयो । रेखा पौडेल र पूजा राना मगरको तालमेललाई टोलीको मुख्य बल रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, “हाम्रो टोलीमा धेरैपछि रेखा र पूजा सँगै खेलिरहेका छन् । अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले यसपटक हामी एपिएफलाई हराउँदै उपाधि जित्नेछौँ ।”

“हामीले विगतमा धेरैपटक एपिएफसँग पराजय व्यहोरेका छौँ, तर यसपटक बदला लिँदै ट्रफी लिएर जानेछौँ”, पुलिसकी कप्तान अमृता जैशीले भन्नुभयो, “विगतका पराजयको बदला लिँदै झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ ।”

यसअघिका खेलमा टिकट दर रू एक सय र रू दुई सय रहेकोमा आयोजक समितिले दर्शकका लागि टिकट दर सामान्यतर्फ रू ३००, रू ५०० र भिआइपीतर्फ रू एक हजार तोकेको छ ।

प्रतियोगिताको विजेताले रू १० लाख १० हजार, उपविजेताले रू पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले रू एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही रू २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । हरेक खेलको प्लेयर अफ द म्याचलाई रू १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिँदै आएको छ ।

  • Related Posts

    बेंगलुरु लगातार दोस्रो पटक आइपीएलको च्याम्पियन

    गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लगातार दोस्रो पटक इण्डियन प्रिमियर लिग (आइपीएल)को च्याम्पियन भएको छ। अहमदाबादमा आइतबार राति सम्पन्न फाइनल खेलमा गुजरातलाई ५ विकेटले हराउँदै…

    १६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन १६ औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन जिम्मा लिएका सिदिङ्वा चौथो स्थान मा

    राज याक्खा, ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा

    नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा