कार सडकबाट ४२ फिट मुनि खस्दा पतिको मृत्यु, पत्नी र छोरा घाइते

काभ्रेपलाञ्चोक, ११ कात्तिक । बीपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–६ चैनपुरमा मंगलबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

मृतक अर्जेल स्वयं कार चालक थिए। दुर्घटनाको समयमा कारमा उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल पनि सवार थिए। दुर्घटनामा सुनिता गम्भीर घाइते भएकी छन् भने निशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु