कार सडकबाट ४२ फिट मुनि खस्दा पतिको मृत्यु, पत्नी र छोरा घाइते

काभ्रेपलाञ्चोक, ११ कात्तिक । बीपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–६ चैनपुरमा मंगलबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

मृतक अर्जेल स्वयं कार चालक थिए। दुर्घटनाको समयमा कारमा उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त अर्जेल पनि सवार थिए। दुर्घटनामा सुनिता गम्भीर घाइते भएकी छन् भने निशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली