सेरेजामा सामुदायिक स्वास्थ्य इकाइको आफ्नै भवनबाट सेवा सुरु

सुरेन्द्र खरेल, पाँचथर २०८२/०२/२३

पाँचथरको याङवरक गाउँपालिका–२, सेरेजामा अवस्थित सामुदायिक स्वास्थ्य इकाइ अबदेखि आफ्नै भवनबाट सेवा सञ्चालनमा आएको छ। विगत करिब नौ वर्षदेखि भाडाको घरमा सेवा दिँदै आएको स्वास्थ्य इकाइको नयाँ भवनको उद्घाटन गाउँपालिका अध्यक्ष भीम बहादुर योङया ‘ज्यू’ले गर्नु भयो।

वि.सं. २०७३ सालमा स्थापना गरिएको स्वास्थ्य इकाइले आफ्नै भवन नहुँदा विभिन्न logistical समस्याहरू भोग्दै आएको थियो। स्थानीय स्व. कहर शि. बानिया, स्व. स्याममाया बानिया, स्व. रुकमाया बानिया र स्व. हर्कमाया बानियाको नातिनी तथा स्व. काजिमान बानिया र स्व. जुना बानियाकी सुपुत्री श्री सृजना बानियाले ३ रोपनी जग्गा दान गरेपछि सो स्थानमा नयाँ भवन निर्माण सम्भव भएको हो।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत रामराज पैडेल, वडा नं. २ का अध्यक्ष देउकुमार योङहाङ, वडा नं. १ का अध्यक्ष राजेन्द्र खालिङ राई, वडा नं. ३ का अध्यक्ष बिमल राई, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दा तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन याङवरक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लि पाण्डेले गर्नुभएको थियो।

स्थानीयवासीहरूका अनुसार अब आफ्नै भवनबाट सेवा सञ्चालन भएपछि स्वास्थ्य सेवामा पहुँच र गुणस्तरमा सुधार आउने विश्वास गरिएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट