बेलिब्रिज जडान कार्य सुरु, नेपालकै सबैभन्दा लामो बेलीब्रिज बन्ने तयारी

सुरेन्द्र खरेल, निलोपाटी

पाँचथर — वर्षासँगै आएको बाढीले पटक–पटक बगाउँदै आएको पाँचथरको हेवा खोलामा पुनः बेलिब्रिज जडान गर्न थालिएको छ। मेची राजमार्ग अन्तर्गत पर्ने फिदिम–ताप्लेजुङ सडक खण्डको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने उक्त स्थानमा गत असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएको थियो।

सडक डिभिजन कार्यालय इलामले सोमबारदेखि पुनः बेलिब्रिज जडानको काम सुरु गरेको हो। खोलामा बेलिब्रिज नहुँदा पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरक गाउँपालिकाका साथै ताप्लेजुङ जिल्ला सडक सम्पर्कबाट टाढिएको थियो। हाल डाइभर्सनमार्फत अस्थायी रुपमा यातायात संचालन भइरहेको छ।

सडक डिभिजन इलामका इञ्जिनियर सिताराम गौतमका अनुसार ७० मिटर लामो नयाँ बेलिब्रिज जडान कार्य सुरु गरिएको हो। मौसम अनुकूल रहेमा आगामी १६ दिनभित्र काम सम्पन्न हुने उनले जानकारी दिए।

“७० मिटर लामो यो बेलिब्रिज जडान भएपछि यो नेपालकै सबैभन्दा लामो बेलिब्रिजका रुपमा स्थापित हुनेछ,” इञ्जिनियर गौतमले बताए।

पुल निर्माण कार्यमा १५ जना प्राविधिक तथा कामदारहरू खटिएका छन्। पुल निर्माण सम्पन्न भएपछि ताप्लेजुङ र पाँचथरका दुर्गम क्षेत्रका बासिन्दाहरूलाई फिदिम, इलाम हुँदै तराईका जिल्लासम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु