बेलिब्रिज जडान कार्य सुरु, नेपालकै सबैभन्दा लामो बेलीब्रिज बन्ने तयारी

सुरेन्द्र खरेल, निलोपाटी

पाँचथर — वर्षासँगै आएको बाढीले पटक–पटक बगाउँदै आएको पाँचथरको हेवा खोलामा पुनः बेलिब्रिज जडान गर्न थालिएको छ। मेची राजमार्ग अन्तर्गत पर्ने फिदिम–ताप्लेजुङ सडक खण्डको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने उक्त स्थानमा गत असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएको थियो।

सडक डिभिजन कार्यालय इलामले सोमबारदेखि पुनः बेलिब्रिज जडानको काम सुरु गरेको हो। खोलामा बेलिब्रिज नहुँदा पाँचथरका हिलिहाङ, फालेलुङ र याङवरक गाउँपालिकाका साथै ताप्लेजुङ जिल्ला सडक सम्पर्कबाट टाढिएको थियो। हाल डाइभर्सनमार्फत अस्थायी रुपमा यातायात संचालन भइरहेको छ।

सडक डिभिजन इलामका इञ्जिनियर सिताराम गौतमका अनुसार ७० मिटर लामो नयाँ बेलिब्रिज जडान कार्य सुरु गरिएको हो। मौसम अनुकूल रहेमा आगामी १६ दिनभित्र काम सम्पन्न हुने उनले जानकारी दिए।

“७० मिटर लामो यो बेलिब्रिज जडान भएपछि यो नेपालकै सबैभन्दा लामो बेलिब्रिजका रुपमा स्थापित हुनेछ,” इञ्जिनियर गौतमले बताए।

पुल निर्माण कार्यमा १५ जना प्राविधिक तथा कामदारहरू खटिएका छन्। पुल निर्माण सम्पन्न भएपछि ताप्लेजुङ र पाँचथरका दुर्गम क्षेत्रका बासिन्दाहरूलाई फिदिम, इलाम हुँदै तराईका जिल्लासम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली