प्रेस स्वतन्त्रता माथी पटकपटक राज्यले प्रहार गर्यो

प्रेस आँगन नेपाल केन्द्रिय समितीले आज एक बिज्ञाप्ती जारी गर्दै पत्रकार सबिना कार्कीको दुवै आखाको गम्भीर चोट लागेको मा प्रभावकारी उपचार गर्न र दोषी उपर कडा कारबाही गर्न माग गरएको छ।

 

बिज्ञाप्ती जारी गर्दै अध्यक्ष अविन मेयाङ्गवोले भनेका छन संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्न सरकारलाई अग्रह गरेका छन भने शिक्षकहरुको माग चाडो भन्दा चाडो सम्बोधन गर्न समेत उनले अपिल साथै अनुरोध गरेका छन।

 

बिज्ञाप्ती:-

संघीय राजधानी काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार दिउँसो भएको झडपमा पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस आगन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरीले हानेको पानीको फोहोराले स्थलगत रिपोर्टिङमा रहनुभएकी प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सविना कार्कीको दुवै आँखामा गम्भीर चोट लागेको घटनाको हाम्रो संगठन भत्सर्ना गर्दछ ।

पत्रकारमाथि भएको दमन र रिपोर्टिङमा गरिएको अवरोधबाट प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकार हनन् भएको छ । पत्रकारमाथि विभिन्न पक्षबाट पछिल्ला दिनमा भइरहेको हत्या, आक्रमण, दमन तथा रिपोर्टिङमा पुर्याइएको अवरोध नेपाली प्रेस जगतका लागि गम्भीर चिन्ताको विषय हो । प्रेस स्वतन्त्रता विरोधी कार्य रोक्न र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्न प्रेस आगन आग्रह गर्दछ । साथै, सञ्चार क्षेत्रमाथि भइरहेको आक्रमणको प्रतिवाद गर्न सामूहिक सहकार्यका लागि सम्बद्ध पक्षहरुसँग आग्रह गर्दछ ।

हाम्रो संगठन आइतबारको झडपमा घाइते हुनुभएकी पत्रकार सविना कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । उहाँको निःशुल्क रुपमा प्रभावकारी उपचार गर्न सरकारको ध्यानाकर्षण गराउछ । घटनाको छानवीन गरी दोषी उपर कारबाही गर्न माग गर्दछ ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट