धरान ११ स्थित न्यु लाइफ चर्चमा १० दिने ग्लोरियस बाइबल स्कुल समापन भएको छ।
उक्त बाइबल स्कुल “ग्लोरियस बाइबल स्कुल” ग्लोरीयस चर्च मिचिगन अमेरिका द्वारा संचालनमा आएको हो।
१४ फेब्रुअरी देखि सन्चालनमा आएको स्कुल २२ फेब्रुअरीमा शनिबारको दिन दिक्षान्त समारोह गर्दै सम्पन्न भएको छ।
१० दिनमा विद्यार्थीहरुलाइ सुसमाचार प्रचार कसरी गर्ने र वचन कसरी बाड्ने बारे अभ्यास समेत गराइएको थियो ।
बाइबाल स्कुलबाट दिक्षान्त विद्यार्थीहरुले आफुहरुलाइ यो सुनौलो अवसर दिएकोमा आयोजक चर्च र शिक्षक पास्टरहरुलाइ धन्यवाद दिएका थिए।
स्कुल बाट ३४ जना बिद्यार्थीहरु दिक्षान्त भएका थिए भने ३ जना बिद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गरेका थिए जसमा पुजा परियार प्रथम, इज्याक तामाङ दित्तिय र तेस्रो एलिना राई भएका थिए।
बिद्यार्थीहरुलाइ सिकाइमा सहज होस् भनेर ४ समुहमा बिभाजन गरि बिद्यार्थीहरु सामुहिक छलफल,सामुहिक निर्णय गर्ने जस्तो कुरालाई पनि मध्यनजर राखिएको थियो।
स्कुलमा विभिन्न बिधा जस्तै बाइबलको परिचययेशू ख्रीष्टको जीवनी र सेवाकाई,पवित्र आत्मा,आराधना र संगीत,अगुवापनको बोलावट – प्रेरित पावलको जीवनी र सेवाकाईबाट,मिशन र सुसमाचार ,होमलेटिक्स – वचन कसरी अध्ययन, तयारी, र प्रचार गर्ने ,प्रेम, विवाह, र यौन,ईसाई परिवार र सेवाकाई भन्ने बारे पढाइएको थियो।



