जनताहरु भुमिहिन नहोउन भन्ने उद्देश्यका साथ त्रियुगा नपा ७मा नापी कार्य तीब्र

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा ७ मा भुमिहिन सुकुम्बासिको साथै भोग चलन गर्दै आएको जनताको एैलानि जग्गाको नापि कार्य तिब्ररुपमा अघि बढि रहेकोछ ।

जनताहरु भुमिहिन नहोउन भन्ने उद्देश्यको साथ देश भरि बिभिन्न ठाउमा एैलानि जग्गा नाप्ने कार्यहरु शुरु भएर बिभिन्न कारणले स्थगित भई रहे पनि त्रिनपा ७ मा भने तिब्र रुपमा बढिरहेकोछ ।

ज्यामिरे कुभिन्डे बाट शुरु भएको नापि काम कौवाई, तिलबारि, शहरे सकेर अहिले होक्सेमा ४ जना अमिनी कर्मचारिहरु द्धारा नाप्ने कामै भैरहेकोछ, अहिले सम्म ३५ प्रतिशत काम समापन भएको ७ नम्बर वडाध्यक्ष अमर दनुवारले बताउनुभएकोछ बाँकि अन्य ठाँउमा क्रमस नापेर २०८२ मँसिर सम्ममा सक्ने उद्देश्य रहेकोछ ।

वडाध्यक्ष अमर दनुवारको अनुसार नापिको काम भै सकेपछि करिब १ हजार भन्दा बढि ब्यक्तिले लालपुर्जा पाउनेछन र लाभाञ्वीत हुनेछन ।नापिको कामको प्रगति कति भयो , जटिलता के छ भनेर हरेक समय वडाध्यक्ष दनुवार आफै फिल्डमा पुगिरहेको र अहिले सम्म सबै कामहरु ,साँध सिमानाहरु नाप्ने काम बिवाद रहति सम्पन भैरहेको समेत बताएकाछन ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली