एपी नागरिक पार्टीको ख्रीष्टमस र नया बर्षको शुभकामना

आमूल परीवर्तन नागरिक पार्टीको अध्यक्ष दल मर्दन कामीले डिसेम्बर २५ अर्थात् जिसस ख्रिस्टको जन्म उत्सव शुभकामना साथै नव वर्ष २०२५को शुभकामना प्रदान गर्नु भएको छ।

 

एक विज्ञप्ती जारी गर्दै देश-विदेशमा रहनु भएका समस्त आमाबुवा, दाजुभाई तथा दिदी-बहिनी हरूमा परमेश्वरको प्रेम, आनन्द, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगति भईरहोस् भन्ने कामना गर्नु भएको छ।

 

विज्ञप्ती

हार्दिक शुभकामना

संसारका मुक्तिदाता हाम्रा प्रभू येशू ख्रिष्टको जन्म उत्सव ख्रीष्टमस तथा नयाँ वर्ष सन् २०२५ को अवसरमा देश-विदेशमा रहनु भएका समस्त आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूमा परमेश्वरको प्रेम, आनन्द, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगति भईरहोस् भन्ने सदिच्छाका साथ हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

साथै यस पर्वले मुलुकमा विद्यमान जातीय, क्षेत्रीय, भाषिक, तथा धार्मिक उत्पीडन, सबै प्रकारका विभेद, शोषण, दमन, अन्याय-अत्याचार तथा बहिष्करणको अन्त्य गर्न, भ्रष्टाचारी तथा दलालीहरुको विदाई गर्न, कुरीति, कुसँस्कारको अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न, संघीयता, धर्मनिरपेक्षतालाई वास्तविक रपमा कार्यान्वयन गर्न,जातीय जनसंख्याका आधारमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागू गर्न, चक्रियक्रम प्रणालीमा आधारित प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति निर्वाचित गर्ने ब्यवस्था स्थापना गर्न प्रेरणा र शक्ति पनि प्राप्त होस् भन्ने कामना सहित हार्दिक शुभकामना ब्यक्त गर्दछौँ ।

 

दल मर्दन कामी

अध्यक्ष

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली