पोखरामा पर्यटकसँगै कण्डमको माग बढ्यो, स्वदेशी पर्यटक अग्रस्थानमा

पोखरा, पर्यटकीय नगरी पोखरामा पछिल्ला केही दिनयता कण्डमको माग अप्रत्याशित रूपमा बढेको छ। शहीद चोकमा फार्मेसी सञ्चालन गर्दै आएका रोहित धिमालका अनुसार, पछिल्लो समय आन्तरिक पर्यटकहरू कण्डम किन्न प्रमुख रूपमा देखिएका छन्।

धिमालले सामान्यतया आफ्नो फार्मेसीमा दैनिक ६-७ वटा कण्डम बिक्री हुने गरेको बताए। तर, पछिल्ला तीन–चार दिनमा यो संख्या ४०-५० वटासम्म पुगेको छ। उनले भने, “पर्यटक त पहिले पनि आउँथे, तर कण्डम किन्ने अधिकांश विदेशी हुन्थे। यस पटक भने स्वदेशी पर्यटकले नै कण्डमको माग बढाएका छन्।”

यस्तै, पृथ्वी चोकमा फार्मेसी सञ्चालन गर्दै आएका विवेक पण्डितले पनि आन्तरिक पर्यटकहरूबाट कण्डम किन्ने प्रवृत्ति बढेको बताएका छन्। पण्डितले भने, “अहिलेसम्म विदेशी पर्यटकहरू त्यति धेरै आएका छैनन्। तर, पछिल्लो दुई–तीन दिनमा मैले जति कण्डम बेचेँ, ती सबै नेपाली ग्राहकहरूले नै किनेका हुन्।”

जाडो मौसमको सुरुवातसँगै पोखरामा आन्तरिक पर्यटकहरूको संख्या बढ्दै गइरहेको छ, जसले कण्डमको मागमा पनि वृद्धि गराएको फार्मेसी सञ्चालकहरूले जनाएका छन्।

  • Related Posts

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    झापा, अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा शैक्षिक सहयोगसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी,…

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्