सिन्धुलीको नेपालथोक स्थित फाँटमा पाकेको धान सुनकोसी र रोशिको बाढीले बगाएको छ । पाकिसकेको धान बाडिले सबै सखाप पारे पछि किषान चिन्तित बनेका छन्। बर्ष भरि खाने अन्न नि बाढिले बगाए पछि किषान मारमा परेका हुन।
बाढिले झापा,मोरङ सुनसरि लयायत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बाग्लुङ, खोटाङ, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रेमा धानबाली नष्ट गरेको छ। बढी मधेश प्रदेशको धानखेती तहसनहस भएको छ। त्यसपछि बागमतीमा क्षति पुगेको छ।



