कटुवाल परिवार लाई सोलार सेट प्रदान !!

अजेन्द्र वाईबा तामाङ
पाँचथर ,असाेज ५
पाँचथरको फिदिम नगरपालिका ५ गाेपाल कटुवालकाे घर याे भन्दा पहिला नै जनसेवा समाज पाँचथरको अध्यक्ष राजेन्द्र अधिकारी र फिदिम नगरपालिका वडा नम्बर पाँचका अध्यक्ष भरत तुम्बापाेकाे पहलमा समाजसेवी देबिराज कुरूम्बाङले घर र शाैचालय बनाई दिएको थियो । नयाँ घर पाए पनि उहाँ अन्धकारमा बस्न बाध्यता थियो। त्यही घरमा लामाे समय देखि आर्थिक अबस्था कम्जाेरका कारण अन्धकार र कष्टकर जीवन बिताउँदै आएकाे गाेपालले नयाँ साेलार सेट र बति पाएको छ।
३ वर्ष अघि ट्र्याक्टर दुर्घटनामा परि खुट्टा भाचिएर स्टिल लगाई कष्टर जीवन विताई रहेका कटुवाल आफ्नो भाइ बुहारी संग बस्ने गरेका थिए । आफु सानै छँदा आमा अर्को पुरुष संग बिबाह गरि गएको र त्यस् पश्चात् बुवा पनि बेवारिसे अवस्थामा हिड्ने गरेकाले कटुवाल अविभावक विहिन भएर बस्नु परेको थियाे।

गाेपाललाई कुमायक गाउँपलिका एक निबासि हाल फिदिम बस्दै आएका समाज सेबि राजेन्द्र पाैडेलले नयाँ साेलार सेट घरमै पुगेर जडान सहित हस्तान्तरण गरेको छ।जनसेवा समाज पाँचथर र फिदिम नगरपालिका पाँचकाे समन्वय गाेपाल कटुवालको लागि नयाँ साेलार सेट घरमै लगेर जडान गरी फिदिम नगरपालोका ५ का अध्यक्ष भरत तुम्बापाे स्थानिय समाजसेवी जाेन तुम्बापाे,टीका कटुवालकाे उपस्थितिमा साेलार सेट हस्तान्तरण गरिएकोे हो ।
घर उज्यालोका लागि जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारी र राजेन्द्र पाैडेलकाे सम्पुर्ण खर्चमा आफै लगेर घरमा बति जडान गरिएको गरिएको थियो ।
उनको घर उज्यालो बनाउन फिदिम नगरपालिका १ का समाजसेवी राजेन्द्र पाैडेलकाे १५ हजार भन्दा माथि खर्च भएको छ।
नयाँ साेलार सेट पाए पछि खुसि हुदै राजेन्द्र पाैडेललाई धन्यवाद ब्यक्त गरेका थिए।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु