फिदिम खानेपानी उपभोक्ता समिति द्वारा १२ आना जग्गा खरिद

अजेन्द्र वाईबा तामाङ
असार ३२,पाँचथर
फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमितिले उपभोक्तालाई राहत दिने उद्देश्यले खानेपानी महसुलमा कमी गर्ने निर्णय गरेको छ। समितिका अध्यक्ष प्रकाश गुरुङको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले करिब १९ वर्षदेखि कायम रहेको महसुल प्रणालीलाई परिमार्जन गर्दै उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने व्यवस्था गरेको जनाएको छ।
समितिका अनुसार यसअघि १० युनिटसम्मको पानीका लागि २८५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेकोमा अब १२ युनिटसम्मको न्यूनतम महसुल २४६ रुपैयाँ कायम गरिएको छ। साथै, अपेक्षाकृत विकट क्षेत्रमा रहेका उपभोक्ताका लागि न्यूनतम महसुल २२१ रुपैयाँ निर्धारण गरिएको छ। आगामी दिनमा थप ३ युनिट छुट प्रदान गर्दै १५ युनिटसम्म यही दरमा सुविधा दिने तयारी भइरहेको अध्यक्ष प्रकाश गुरुङ र सचिव कमल बास्कोटाले जानकारी दिएका छन्।
यसैबीच, फिदिम नगरपालिका–१ को माथिल्लो गाउँमा पहिले खानेपानी ट्यांकी रहेको स्थानमै करिब १२ आना जग्गा ३० लाख रुपैयाँमा खरिद गरिएको समितिले जनाएको छ। उक्त जग्गा भविष्यमा खानेपानी पूर्वाधार विस्तार तथा सेवा सुधारका लागि उपयोग गरिने बताइएको छ।
समितिका अनुसार हाल कुल ३,००४ वटा धारा दर्ता रहेकामा २,३८० वटा सञ्चालनमा छन् भने ६२४ वटा धारा अझै जडान हुन बाँकी रहेका छन्। त्यसैगरी उपभोक्ताबाट उठ्न बाँकी बक्यौता रकम ४४ लाख ९० हजार ७४६ रुपैयाँ रहेको जनाएको छ।
समितिले बक्यौता रहेका सबै उपभोक्तालाई आगामी ७ दिनभित्र अनिवार्य रूपमा बाँकी रकम बुझाउन आग्रह गरेको छ। तोकिएको समयभित्र बक्यौता नबुझाए खानेपानीको लाइन काटिने चेतावनी पनि समितिले दिएको छ।
हाल फिदिम नगरपालिका–१, २ र ४ का उपभोक्तालाई उपलब्ध पानीको स्रोत र वितरण व्यवस्थापनलाई मध्यनजर गर्दै पालो प्रणालीमार्फत खानेपानी वितरण भइरहेको समितिले जनाएको छ।
समितिले महसुल घटाउने, पूर्वाधार विस्तार गर्ने तथा बक्यौता संकलनलाई प्रभावकारी बनाउने निर्णयले खानेपानी सेवा थप व्यवस्थित र दिगो बन्ने विश्वास व्यक्त गरेको छ।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु