फिदिममा यामाहाले ल्याउदै छ Best exchange अफर पुराना बाइक साटेर नयाँ बाईक लैजान सकिने

अजेन्द्र वाईबा तामाङ
शुक्रबार, असार २६
फिदिम बजारको बी.पी. पार्क अर्थात् जिल्ला प्रहरी कार्यालय पाँचथरको नजिकै यामाहा बेष्ट एक्चेन्जमा जुनसुकै पुरानो मोटरसाइकल तथा स्कुटरको भव्य ‘best exchange’ अफर सुरु हुने भएको छ। असार २७ गतेदेखि सुरु हुने यो अफर असार ३२ गतेसम्म चल्ने आयोजक माेक्तान अटो मोटर्स र बिजयपुर टे्डर्स धरानले जनाएको छ।
​यस एक्सचेन्ज अफर अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ यामाहाका उत्पादनहरू घर लैजान सक्ने आयोजकले जनाएको छ ।
​
मेलामा ईच्छुक ग्राहकहरुले नयाँ खरिदमा बिशेष छुट प्राप्त गर्नेछन भने पुरानो बाइकको प्रचलित बजार मूल्यमा भन्दा उच्च मूल्याङ्कन प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै हरेक खरिदमा हेलमेट निःशुल्क उपलब्ध हुनेछ ।

मोटरसाईकल तथा स्कुटर नागरिकता कै भरमा तत्कालै फाइनान्सको सुविधा उपलब्ध हुने आयोजकले जनाएको छ । यामाहाका उत्पादनहरूमा वारेन्टीको सुविधा शर्त लागू हुनेछ ।
​”पुराना सवारी साधन भएका ग्राहकहरूका लागि यो एउटा सुनौलो अवसर हो,” आयोजकले भनेका छन्। असार २७ गतेदेखि असार ३२ गतेसम्म चल्ने यस मेलामा सहभागी भई फाइदा उठाउन आम पाँचथरबासीलाई आग्रह गरिएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु