फिदिममा यामाहाले ल्याउदै छ Best exchange अफर पुराना बाइक साटेर नयाँ बाईक लैजान सकिने

अजेन्द्र वाईबा तामाङ
शुक्रबार, असार २६
फिदिम बजारको बी.पी. पार्क अर्थात् जिल्ला प्रहरी कार्यालय पाँचथरको नजिकै यामाहा बेष्ट एक्चेन्जमा जुनसुकै पुरानो मोटरसाइकल तथा स्कुटरको भव्य ‘best exchange’ अफर सुरु हुने भएको छ। असार २७ गतेदेखि सुरु हुने यो अफर असार ३२ गतेसम्म चल्ने आयोजक माेक्तान अटो मोटर्स र बिजयपुर टे्डर्स धरानले जनाएको छ।
​यस एक्सचेन्ज अफर अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ यामाहाका उत्पादनहरू घर लैजान सक्ने आयोजकले जनाएको छ ।

मेलामा ईच्छुक ग्राहकहरुले नयाँ खरिदमा बिशेष छुट प्राप्त गर्नेछन भने पुरानो बाइकको प्रचलित बजार मूल्यमा भन्दा उच्च मूल्याङ्कन प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै हरेक खरिदमा हेलमेट निःशुल्क उपलब्ध हुनेछ ।

मोटरसाईकल तथा स्कुटर नागरिकता कै भरमा तत्कालै फाइनान्सको सुविधा उपलब्ध हुने आयोजकले जनाएको छ । यामाहाका उत्पादनहरूमा वारेन्टीको सुविधा शर्त लागू हुनेछ ।
​”पुराना सवारी साधन भएका ग्राहकहरूका लागि यो एउटा सुनौलो अवसर हो,” आयोजकले भनेका छन्। असार २७ गतेदेखि असार ३२ गतेसम्म चल्ने यस मेलामा सहभागी भई फाइदा उठाउन आम पाँचथरबासीलाई आग्रह गरिएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट