खुश्बुले बोलेकै कारण बलात्कार र ज्यान मार्ने धम्की आयो भनेपछी..

काठमाडौं  –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफ्नो अभिव्यक्तिकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको भनेपछि गृहमन्त्री सुधन गुरुङले उनीसँग छलफल गरेका छन् ।

ओलीले संसद्‌ बैठकमा उक्त कुरा बताएकी थिइन् । त्यसलगत्तै गृहमन्त्री गुरुङले उनी भएको ठाउँमा पुगेर छलफल गरेका हुन् ।

नेपाललाई सनातन राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको ओलीले बताएकी थिइन् ।

‘९० प्रतिशत सनातनीहरू बसोबास गर्ने देशमा नेपालको संविधानले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यो सदनमा उठाउँदाखेरी सुनियोजित रूपमा मलाई ज्यान मार्ने, बलात्कार गर्ने धम्की सामाजिक सञ्जालबाट आइरहेको छ । के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ? यो धम्की म सहन सक्छु सभामुख महोदय । तर यो धम्की मलाई मात्र नभई सिंगो सनातनीहरुमाथिको प्रहार हो,’ ओलीले भनेकी थिइन् ।

  • Related Posts

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    सम्पत्ति विवरण बुझाउने समयअवधि थप

    काठमाडौं – सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो