गुरु टोलिले प्रथम फुटसल प्रतियोगिताको खेल तालिका सार्बजनिक गरेको छ।
गुरु टोलि फाउन्डेसनले बिगतका बर्षहरुमा सामाजिक कार्यहरु गर्दै आईरहेको अवगत गराउँदै यस पटक खेल प्रेमिहरुलाई मध्यनजर गरेर नेपाली नयाँ बर्षको उपलक्षमा प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ सम्पन्न गर्ने तयारी गरेको जानकारी दिएको छ।
खेलमा ८ टीम को प्रतिस्पर्धा रहने छ। खेलाडी सङ्ख्या ५ साथै वैकल्पिक खेलाडी ३ गरी ८ जना खेलाडी रहने साथै कोच १ टीम मेनेजर १ रहने छ।
प्रथम गुरु टोली फुट्सल प्रतियोगिता २०८१को इन्ट्री शुल्क रु ३,१००/- रहेको छ।प्रथम पुरस्कार रु ३१,१११/- ट्रफी मेडल र प्रमाण पत्र,दोस्रो पुरस्कार रु १६,१११/- ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक आकाश लावतीले जानकारी दिनु भएको छ।
खेल सम्पन्न पश्चात अन्य सामाजिक कार्यहरु निरन्तर रहने गुरु टोली फाउण्डेशनका अध्यक्ष विशाल देवानले जानकारी दिनु भएको छ।




