नेपाल SBI बैंक द्वारा १६ बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

अजेन्द्र वाईबा तामाङ
जेष्ठ ५,पाँचथर
नेपाल SBI बैंक लिमिटेड शाखा कार्यालय पाँचथर फिदिमले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शिवधर आधारभूत विद्यालय मा अध्ययनरत १६ जना बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
फिदिम नगरपालिका वडा नं. ५ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई झोला, कापी, पेन्सिल लगायत पठनपाठनमा आवश्यक सामग्री वितरण गरिएको थियो। साथै विद्यालयका लागि पानी फिल्टर तथा भुईँमा ओछ्याउने कार्पेट समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक ईश्वर प्रसाद बास्कोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तमाया लिम्बू, वडा अध्यक्ष भरत तुम्बापोको तथा बैंकका शाखा प्रबन्धक प्रबिन श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै सहभागीहरुले यस्ता सामाजिक तथा शैक्षिक सहयोगले विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु