नेपाल SBI बैंक द्वारा १६ बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण

अजेन्द्र वाईबा तामाङ
जेष्ठ ५,पाँचथर
नेपाल SBI बैंक लिमिटेड शाखा कार्यालय पाँचथर फिदिमले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शिवधर आधारभूत विद्यालय मा अध्ययनरत १६ जना बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
फिदिम नगरपालिका वडा नं. ५ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई झोला, कापी, पेन्सिल लगायत पठनपाठनमा आवश्यक सामग्री वितरण गरिएको थियो। साथै विद्यालयका लागि पानी फिल्टर तथा भुईँमा ओछ्याउने कार्पेट समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक ईश्वर प्रसाद बास्कोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तमाया लिम्बू, वडा अध्यक्ष भरत तुम्बापोको तथा बैंकका शाखा प्रबन्धक प्रबिन श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै सहभागीहरुले यस्ता सामाजिक तथा शैक्षिक सहयोगले विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली