सहारा पत्रकार उपचार कोषलाई दाहालको सहयोग

अर्जुनधाराका संचारकर्मी योगेन दाहाल ले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको ‘सहारा पत्रकार उपचार कोष’मा आर्थिक सहयोग गर्नुभएको छ ।

दाहालले जन्मदिनको अवसरमा आज नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो । उक्त रकम उहाँले पत्रकार महासंघ झापाका सहसचिव तिलक योञ्जन र सदस्य राजन साम्पाङ लाई हस्तान्तरण गर्नुभएको थियो ।

पत्रकारहरुको उपचारमा राहत पुग्ने उद्देश्यले आफूले कोषमा सहयोग गरेको दाहालले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको उक्त उपचार कोषमार्फत जिल्लाका संचारकर्मीहरुको उपचारमा सहयोग प्रदान गर्दै आएको छ । महासंघका अनुसार हाल कोषमा १ करोड २८ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु