सहारा पत्रकार उपचार कोषलाई दाहालको सहयोग

अर्जुनधाराका संचारकर्मी योगेन दाहाल ले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको ‘सहारा पत्रकार उपचार कोष’मा आर्थिक सहयोग गर्नुभएको छ ।

दाहालले जन्मदिनको अवसरमा आज नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो । उक्त रकम उहाँले पत्रकार महासंघ झापाका सहसचिव तिलक योञ्जन र सदस्य राजन साम्पाङ लाई हस्तान्तरण गर्नुभएको थियो ।

पत्रकारहरुको उपचारमा राहत पुग्ने उद्देश्यले आफूले कोषमा सहयोग गरेको दाहालले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको उक्त उपचार कोषमार्फत जिल्लाका संचारकर्मीहरुको उपचारमा सहयोग प्रदान गर्दै आएको छ । महासंघका अनुसार हाल कोषमा १ करोड २८ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट