फागुन २१ को निर्वाचन केन्द्रमा राख्दै प्रधानमन्त्री सुशिला कार्कीको ताप्लेजुङ भ्रमण

राज याक्खा, ताप्लेजुङ् 

प्रधानमन्त्री सुशिला कार्की शुक्रबार ताप्लेजुङ जिल्ला आउनु हुने भएको छ। हिमाली जिल्लाको भ्रमणका क्रममा उहाँ फागुन २१ गते हुने निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे छलफल गर्न ताप्लेजुङ आउन लाग्नु भएको हो।
स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले जिल्ला पुगेर मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरूसँग विस्तृत छलफल गर्नुहुने कार्यक्रम रहेको छ। सो क्रममा उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनको तयारी, मतदाता सुरक्षाको अवस्था, निर्वाचन आचारसंहिता कार्यान्वयन र सम्भावित चुनौतीहरूबारे जानकारी लिनुहुनेछ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन केन्द्र सरकार गम्भीर रहेको सन्देश दिनका लागि प्रधानमन्त्री स्वयं हिमाली जिल्लाहरूको भ्रमणमा निस्कनु भएको बताइएको छ। यसअघि प्रधानमन्त्री कार्कीले बिहीबार सोलुखुम्बु जिल्ला पुगेर त्यहाँका मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन कार्यालय तथा अन्य निर्वाचन सरोकारवालाहरूसँग छलफल गर्नु भएको थियो।
हिमाली तथा दुर्गम जिल्लामा निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले स्थलगत अनुगमन र प्रत्यक्ष निर्देशन आवश्यक रहेको सरकारको निष्कर्ष रहेको जनाइएको छ। प्रधानमन्त्रीको ताप्लेजुङ भ्रमणले जिल्लामा निर्वाचन तयारी थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।धानमन्त्री सुशिला कार्की शुक्रबार ताप्लेजुङ जिल्ला आउनु हुने भएको क्रममा उहाँ फागुन २१ गते हुने निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे छलफल गर्न ताप्लेजुङ आउन लाग्नु भएको हो।
स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले जिल्ला पुगेर मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरूसँग विस्तृत छलफल गर्नुहुने कार्यक्रम रहेको छ। सो क्रममा उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनको तयारी, मतदाता सुरक्षाको अवस्था, निर्वाचन आचारसंहिता कार्यान्वयन र सम्भावित चुनौतीहरूबारे जानकारी लिनुहुनेछ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन केन्द्र सरकार गम्भीर रहेको सन्देश दिनका लागि प्रधानमन्त्री स्वयं हिमाली जिल्लाहरूको भ्रमणमा निस्कनु भएको बताइएको छ। यसअघि प्रधानमन्त्री कार्कीले बिहीबार सोलुखुम्बु जिल्ला पुगेर त्यहाँका मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन कार्यालय तथा अन्य निर्वाचन सरोकारवालाहरूसँग छलफल गर्नु भएको थियो।
हिमाली तथा दुर्गम जिल्लामा निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले स्थलगत अनुगमन र प्रत्यक्ष निर्देशन आवश्यक रहेको सरकारको निष्कर्ष रहेको जनाइएको छ। प्रधानमन्त्रीको ताप्लेजुङ भ्रमणले जिल्लामा निर्वाचन तयारी थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट