आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु

हुम्ला, चैत १८ गते । एउटै गाउँपालिकाले थप आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु गरेको छ । रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि यति धेरै जग्गामा रैथाने बाली लगाउन थालिएको हो ।

सिमकोट गाउँपालिका–४ का वडा अध्यक्ष प्रताप लामाले आफ्नो वडाका दुई वटा बस्तीहरू बुराउसे र हिल्दुममा एक सय रोपनी जग्गामा रैथाने बाली चिनो, कागुनो र सिमी लगाउन सुरु गरिएको बताउनुभयो । उहाँले बुराउसे गाउँमा चालीस चाली रोपनीका दुई ब्लग र हिल्दुम गाउँमा बिस रोपनी जग्गामा एउटा ब्लगमा रैथाने बाली लगाउन सुरु गरिएको बताउनुभयो ।

बाली छर्ने समय सुरु भएको कारण किसानहरू बाली लगाउने कार्यमा जुटी सक्नु भएको छ । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले यस वर्ष थप आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउने गाउँपालिकाको लक्ष अनुसार आठ वटै वडामा खेती सुरु भएको बताउनुभयो । उहाँले प्रत्येक वडामा थप एक एक सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु गरिएको बताउँदै अघिल्लो वर्ष एक हजार दुई सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु भई सकेको बताउनुभयो ।

वडाको भूगोल र सम्भावना हेरी रैथाने बालीहरू चिनो, कागुनो, फापर, सिमी र उवा लगाउन किसानलाई प्रेरित गरिने उहाँको भनाइ छ । एक रोपनी जग्गामा रैथाने बाली लगाए बापत गाउँपालिकाले दुई हजार ७५० रुपियाँ अनुदान किसानहरूलाई दिनेछ । यसबाट किसानहरू मल, औजार र प्रविधिको व्यवस्था गर्नु पर्नेछ ।

रैथाने बालीको बीउ भने किसान आफैँले व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ । यसका लागि गाउँपालिका र ग्रेप परियोजनाले चौबीस लाख बजेट खर्च गर्दैछन् । किसानले उत्पादन गरेको रैथाने बालीको अन्नलाई आगामी वर्ष गाउँपालिकाले नै खरिद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्नेछ । अघिल्लो वर्ष किसानका १३० क्विन्टल रैथाने बाली खरिद गरेको थियो भने यसवर्ष तीस क्विन्टल खरिद गरी सकेको छ भने खरिद कार्य जारी रहेको छ । गाउँपालिकाले प्याकेजिङ र खरिदमा समेत लगानी गर्दै आएको छ ।

  • Related Posts

    कालीकोट जिप दुर्घटनामा मृतक संख्या ७ पुग्यो, ओभरलोड दुर्घटनाको कारण

    कालीकोटको पलाता गाउँपालिका नजिकै भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा घाइते चालक, सल्यानका ४५ वर्षीय धनिराम रावतको मृत्यु भएपछि मृतक संख्या…

    कालीकोटको दुर्घटनामा ६ जनाको मृत्यु, १३ जना गम्भीर घाइते

    कालीकोट जिल्लाको पलाता गाउँपालिका–३ राडुनेटामा आइतबार भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना