थर्पु–चिवाभञ्ज्याङ सडकखण्डको निर्माणकार्य निरन्तर र गतिमय बनाउन स्थानीय युवा तथा जनप्रतिनिधिद्वारा ध्यानाकर्षण

सुरेन्द्र खरेल/ निलोपाटी

पाँचथर, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने थर्पु–चिवाभञ्ज्याङ सडक खण्डको निर्माण कार्यमा लापरबाही भएको भन्दै स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। याङवरक गाउँपालिका–१, २ र ३ का स्थानीय युवा, जनप्रतिनिधि तथा सरोकारवालाले संयुक्त रूपमा पुष्पलाल मध्यपहाडी लोकमार्ग फिदिम कार्यालयमा ध्यानाकर्षण पत्रसहित ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्र बुझाउँदै स्थानीय युवाहरूले सडक निर्माण कार्यमा संलग्न निर्माण कम्पनीसँग समन्वय गरी कार्यालयले नियमित रूपमा कामको निगरानी गर्नुपर्ने माग गरेका छन्। स्थानीय युवा अर्जुन राईका अनुसार हाल सडक डिभिजन कार्यालयले निर्माण कम्पनीसँग प्रभावकारी समन्वय नगरेको तथा कामको उचित अनुगमन नगरी खुला छोडिएको अवस्था देखिएको बताउनु भयो।

हाल १ नं र ३ नं प्याकेजमा काम भइरहेको भए पनि २ नं प्याकेजको काम भने अत्यन्तै सुस्त रहेको छ। ठेक्का लागेको पाँच वर्ष बितिसक्दा पनि २ नं प्याकेजमा २ प्रतिशत पनि प्रगति नभएपछि नेपाल सरकारले उक्त प्याकेजको ठेक्का तोड्ने तयारी गरेको छ।

तर ठेक्का तोडिएपछि पुनः कहिले नयाँ ठेक्का खुल्ने भन्ने विषयमा अन्योल कायमै छ। स्थानीयवासीहरूले ठेक्का तोडिए पनि ढिलाइ नगरी पुनः ठेक्का प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका छन्।

यसैबीच, मध्यपहाडी कार्यालयले सम्बन्धित निर्माण कम्पनीसँग आवश्यक समन्वय नगरेको, काम गर्ने वातावरण नबनाएको तथा निर्माण कार्यको प्रभावकारी निगरानी नगरेको आरोप स्थानीय युवाहरूले लगाएका छन्। उनीहरूले यस विषयमा कडा आक्रोश व्यक्त गर्दै जिम्मेवार निकायको ध्यानाकर्षण गराएका छन्।

स्थानीयको गुनासो अनुसार निर्माण कार्य ढिलासुस्तीका कारण सडकको अवस्था झनै जटिल बन्दै गएको छ, जसले स्थानीयको दैनिकी र आवतजावतमा समस्या सिर्जना गरिरहेको छ। उनीहरूले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन सम्बन्धित निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने माग गरेका छन्।

जनप्रतिनिधि तथा स्थानिय युवाहरुले समयमै गुणस्तरीय रूपमा सडक निर्माण सम्पन्न गर्न, कार्यालय र निर्माण कम्पनीबीच समन्वय मजबुत बनाउन तथा नियमित अनुगमनको व्यवस्था गर्न जोड दिएका छन्।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट