राज याक्खा, ताप्लेजुङ् 

आज मिति २०८२ साल पौष २६ गते ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिकामा श्रम संस्कृति पार्टीको संगठन विस्तार कार्यक्रम सम्पन्न भएसँगै पालिका समिति गठन गरिएको छ। स्थानीय स्तरमा पार्टीको सांगठनिक संरचना मजबुत बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमबाट गठन भएको पालिका समितिको अध्यक्षमा जीवन कुमार राई (JK) चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षहरूमा विष्णु लिम्बु, आलोक गुरुङ र विरेन्द्र राई रहनुभएको छ। सचिवको जिम्मेवारी रेम्बो लिम्बुलाई दिइएको छ भने सह–सचिवमा इसाहक तामाङ चयन हुनुभएको छ।
कोषाध्यक्षमा छत्र पन्दाक र सह–कोषाध्यक्षमा समिना राई रहनुभएको छ। पालिका समितिमा एक सह–कोषाध्यक्ष र एक सह सचिव पद हाल खाली रहेको जानकारी आएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा श्रम संस्कृति पार्टी ताप्लेजुङ जिल्ला कार्य समिति अध्यक्ष तेन्जी शेर्पा रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेर्पाले श्रम संस्कृति पार्टीले श्रमिक, किसान र आम नागरिकको हक–हितका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै स्थानीय तहमा संगठन विस्तारले पार्टीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली