राज याक्खा, ताप्लेजुङ् 

आज मिति २०८२ साल पौष २६ गते ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिकामा श्रम संस्कृति पार्टीको संगठन विस्तार कार्यक्रम सम्पन्न भएसँगै पालिका समिति गठन गरिएको छ। स्थानीय स्तरमा पार्टीको सांगठनिक संरचना मजबुत बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमबाट गठन भएको पालिका समितिको अध्यक्षमा जीवन कुमार राई (JK) चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षहरूमा विष्णु लिम्बु, आलोक गुरुङ र विरेन्द्र राई रहनुभएको छ। सचिवको जिम्मेवारी रेम्बो लिम्बुलाई दिइएको छ भने सह–सचिवमा इसाहक तामाङ चयन हुनुभएको छ।
कोषाध्यक्षमा छत्र पन्दाक र सह–कोषाध्यक्षमा समिना राई रहनुभएको छ। पालिका समितिमा एक सह–कोषाध्यक्ष र एक सह सचिव पद हाल खाली रहेको जानकारी आएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा श्रम संस्कृति पार्टी ताप्लेजुङ जिल्ला कार्य समिति अध्यक्ष तेन्जी शेर्पा रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेर्पाले श्रम संस्कृति पार्टीले श्रमिक, किसान र आम नागरिकको हक–हितका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै स्थानीय तहमा संगठन विस्तारले पार्टीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु